२ माघ २०८१, बुधबार
,
Latest
लमजुङमा बढ्यो धान उत्पादन यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर भूकम्प सुरक्षा दिवस : पूर्वतयारीका लागि सङ्कल्प जरुरी आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै लस एन्जलस र क्यालिफोर्नियामा आगलागीबाट ज्यान गुमाउनेको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता काठमाडौँ महानगरपालिकामा दमकल जान नसक्ने गल्लीमा ड्राइराइजर -फोटो फिचर ‘जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो’ मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपीन जोशीको रिहाइको पहल : परराष्ट्रमन्त्री राणाले आज कतारका समकक्षी कुरा गर्ने



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले विपीन जोशी रिहाइको पहलका लागि आज कतारका विदेशमन्त्रीसँग छलफल गर्नुहुने भएको छ । परराष्ट्र मन्त्री राणाले आज बिहान सवा ११ बजे कतारका विदेशमन्त्रीसँग टेलिफोनमार्फत् कुरा गर्ने तय भएको हो ।

त्यस क्रममा परराष्ट्र मन्त्री राणाले विपीनको रिहाइको पहलका निम्ति आग्रह गर्नुहुने छ ।

हमासको नियन्त्रणमा रहेका विपीनको रिहाइका लागि यसअघि पनि परराष्ट्र मन्त्री राणाले कतार, इजिप्ट र इजरालका राजदूतहरुसँग कुरा गरिसक्नुभएको थियो ।

परराष्ट्रमन्त्री राणाले हिजो संसदीय समितिमा विपीन रिहा हुने आशा व्यक्त गर्नुभएको थियो । “विपीन सकुशल हुनुहुन्छ भन्ने आशा छ,” उहाँले भन्नुभएको थियो, “उहाँ रिहा हुनुहुन्छ भन्ने विश्वास छ ।”

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यसक्रममा १० नेपाली विद्यार्थीसहित करिब १२ सयजनाको मृत्यु भएको थियो । विपीनसहित करिब २५० जनालाई हमासले बन्धक बनाएको थियो ।

बन्धकको रिहाइ र गाजापट्टीमा युद्धविराम सम्झौताका निम्ति कतारले पहल गर्दै आएको छ । हमास र इजरायल दुवैसँग कतारको राम्रो सम्बन्ध छ ।