८ पुष २०८२, मंगलवार
,
Latest
आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह भ्रममा परेर तरंगित नहुन ईश्वरको ओलीलाई सुझाव जीवन्त सङ्ग्रहालय निर्माण गर्न महोत्सव बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायलयप्रति जनआस्था कायम हुन्छ- प्रधानन्यायाधीश राउत रवि र बालेन भेट: ५ घण्टा के भयो कुरा ? यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य सालपा विकास बैंकले ‘आइपिओ’ जारी गर्दै संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैनः अध्यक्ष यादव कञ्चनपुर कारागारका नाइकेसहित १३ कैदी स्थानान्तरण चिसोमा तातेको राजनीतिः जेनजी आन्दोलन, ओली देउवा भेट, सर्वपक्षीय बैठक र सेनाको स्पष्टोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राङ्गारिक मलले बजार पाएन



अ+ अ-

काठमाडौं । झण्डै एक वर्षअघिबाट सञ्चालनमा आएको गण्डकी ऊर्जा प्रालिले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आएपनि बजार व्यवस्थापनमा समस्या देखिएको छ । 

पोखरा महानगरपालिकाको ३२ नम्बर वडामा रहेको सो कम्पनीले अहिले महानगर भित्र र अन्य क्षेत्रबाट कुहिने फोहोर ल्याएर मल उत्पादन गरिरहेको हो । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले पर्याप्त मात्रामा बायोग्यास र प्राङगारिक मल उत्पादन गरेपनि बजार अभावको समस्या भोगिरहेको छ । देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको छैन । बजार अभाव हुादा नत उत्पादित मल विक्रि भएको छ न बायोग्यास नै विक्रि गर्न सकिएको कम्पनीले जनाएको छ । उत्पादित मल र बायोग्याँस सबै स्टकमा थुप्रिएको कम्पनीले जनाएको छ । कम्पनी विभिन्न क्षेत्रबाट पोहोर संकलन गरिरहेका भएपनि पोखरा महानगरपालिकाको फोहोर भने वर्गिकरण गरि नछुट्याएका कारण फोहोर नलिने गरेको सञ्चालक कुशल गुरुङले बताउनुभयो ।

कम्पनीले निरन्तर खेर गएको फोहोरलाई प्रयोग गरि अग्र्यानिक मल उत्पादन गर्दै आइरहेको छ ।  दैनिक ४५ टन फोहोरलाई प्रशोधन गरि दिनको ५ देखि ७ टनसम्म उत्पादन गर्ने क्षमता भएको कम्पनीको दाबी छ । अग्र्यानिक फार्मका कृषकहरु र अनुदानमा टनेल खेति गर्ने कृषक नै यस कम्पनीका ग्राहक हुन । कास्कीमा अहिले ३ वटा प्राङग्रारिक मल उत्पादन गर्ने कम्पनी रहेका छन् । गण्डकी प्रदेश सरकारले प्रत्येक प्रदेशको निर्वाचन क्षेत्रमा मुख्यमन्त्री नमुना वातावरण मैत्री गाउँलाई पुर्ण प्राङग्रारिक गाउँ बनाउने लक्ष्य लिएको छ ।