१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

आईपीएलको १८ औं सिजन मार्च २१ बाट सुरु हुने, फाइनल कोलकातामा

आईपीएलको १८ औं सिजन मार्च २१ बाट सुरु हुने, फाइनल कोलकातामा
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२५ को पहिलो खेल २१ मार्चमा कोलकातामा हुने भएको छ । प्रतियोगिताको फाइनल पनि यहीँ मे २५ मा हुनेछ । त्यस्तै, महिला प्रिमियर लिग (डब्लुपिएल) को तेस्रो सिजन फेब्रुअरी ७ बाट सुरु भई मार्च २ सम्म चल्नेछ । यसपटक प्रतियोगिता २ स्थानको सट्टा ४ स्थानमा खेलाइनेछ ।

क्रिकइन्फोको रिपोर्टका अनुसार आईपीएल कमिटीले सबै फ्रेन्चाइजीहरूलाई प्रतियोगिताको सुरुवातको विवरण पठाएको छ, ताकि उनीहरूले खेलाडीहरूको बारेमा आफ्नो तयारी सुरु गर्न सकून् ।

आईपीएलको डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सले फाइनलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो ।

आईपीएलको पूर्ण तालिका जनवरीको अन्त्यमा सार्वजनिक हुनसक्छ ।

आईपीएलको मेगा अक्सन नोभेम्बरमा भएको थियो । त्यसपछि समितिले सबै टोलीलाई आगामी ३ वर्षको सम्भावित कार्यतालिका सुनायो । जस अनुसार यस पटक प्रतियोगिता मार्च १५ देखि मे २५ सम्म हुने थियो ।

तर, आईसीसी च्याम्पियन्स ट्रफीको फाइनल भने मार्च ९ मा हुनेछ । त्यसैले खेलाडीलाई आराम दिन बीसीसीआईले आईपीएल सुरु हुने मिति एक साता पछि सारेको हो ।