५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछाने पिएसएलको डायमन्ड क्याटेगोरी ड्राफ्टमा



file photo: can
अ+ अ-

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को खेलाडी ड्राफ्टअन्तर्गत डायमन्ड क्याटेगोरीमा परेका छन् ।

पाकिस्तान सुपर लिगले शुक्रबार सार्वजनिक गरेको ड्राफ्ट सूचीमा सन्दीप डायमन्ड क्याटेगोरीमा रहेका हुन् ।

यसअघि सिल्भर क्याटेगोरीमा नेपालका ६ खेलाडी समावेश भएका थिए । सोमबार सार्वजनिक भएको ड्राफ्ट सूचीमा सिल्भर क्याटेगोरीमा गुल्सन झा, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी रहेका थिए ।

पिएसएलको लागि फाइनल ड्राफ्ट आगामी जनवरी १३ मा हुँदैछ । पिएसएल २०२५ आगामी अप्रिल-मे महिनामा हुनेछ ।

यसअघि सन्दीप लामिछाने प्लाटिनम तथा गुल्शन झा गोल्ड क्याटेगोरीमा थिए । तर, अघिल्लो संस्करणमा नेपालबाट १० खेलाडी ड्राफ्टमा रहेकामा सबै अनसोल्ड रहेका थिए ।