२८ असार २०८३, आईतवार
,
Latest
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’ तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने भानु जयन्तीको पूर्वसन्ध्यामा प्रतियोगात्मक महिला कविगोष्ठी आयोजना म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा गोरखामा एकतिहाइ मात्र मल आपूर्ति बदलिँदो बजारसँगै बदलिँदै कुमालको पेसा भानु जयन्ती विविध कार्यक्रमसहित मनाइँदै विमानस्थलमा पत्रकार सम्मेलन गर्न लागेका दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍यायो सुकुम्बासीमाथि दमनको विरोधमा माइतीघरमा प्रदर्शन, देशव्यापी आन्दोलनको चेतावनी अटो उद्योग सङ्कटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा डढेलोका कारण हाहाकार, लस एन्जलस क्षेत्रका हजारौं मानिसलाई घर छोड्न आदेश



अ+ अ-

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको ठूलो सहर लस एन्जलसको जंगलमा लागेको भीषण आगलागी तीव्र गतिमा फैलिरहेको छ ।

हावाहुरीका कारण आगो नियन्त्रण बाहिर गएर आसपासका बस्तीमा पुगेको छ । आगलागीका कारण धेरै घर जलेका छन् भने सवारीसाधन पनि जलेर नष्ट भएका छन् ।

यो आगलागी कति भयावह छ भने अहिलेसम्म हजारौं मानिस घरबार विस्थापित भइसकेका छन् ।

प्यासिफिक कोस्टदेखि पासाडेनासम्मका हजारौं अग्नि नियन्त्रकहरूले बुधबार कम्तीमा तीनवटा छुट्टाछुट्टै आगो निभाउने प्रयास गरिरहेका थिए ।

लस एन्जलस क्षेत्रमा ठूलो आगो फैलिएपछि अधिकारीहरूले हजारौं मानिसहरूलाई आफ्नो घर छोड्न आदेश दिए । अहिलेसम्म कम्तीमा पाँच जनाको ज्यान गएको छ ।