१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई बोर्डले नियमन र नियन्त्रण गर्छः अध्यक्ष श्रेष्ठ

पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई बोर्डले नियमन र नियन्त्रण गर्छः अध्यक्ष श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई नियमन र नियन्त्रण गरिने बताउनुभएको छ ।

बुधवार नेपाल आर्थिक पत्रकार (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय पुँजीबजारमा अवाञ्छित गतिविधि भइरहेको गुनासो आएकाले बोर्ड त्यस्ता कार्यलाई नियमन र नियन्त्रण गर्ने योजनामा रहेको बताउनु भयो । उहाँले धितोपत्र बजार प्रणालीमा बढी सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले नेपाली पुँजीबजारमा ७० लाख लगानीकर्ता रहेको भन्दै पुँजीबजारलाई थप व्यवस्थित बनाइने बताउनु भयो । उहाँले पुँजीबजारमा अवाञ्छित गतिविधि रोक्नको लागि बोर्डले पुँजीबजारलाई अटोमेसन प्रणालीमा लैजाने बताउनु भयो । उहाँले बोर्डले पुँजीबजारमा अवाञ्छित गतिविधि नियन्त्रण गर्दै बजारलाई नयाँ उचाईमा पु¥याउने बताउनु भयो । उहाँले पाइपलाइनमा रहेका आइपीओ निष्कासन एक दुई दिनभित्रै शुरु हुने बताउनु भयो । अध्यक्ष श्रेष्ठले बोर्डले अब आईपीओ निष्कासनको लागि एक दुई दिनभित्रै स्वीकृत दिनेगरी काम अघि बढाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘ नेपाल धितोपत्र बोर्डको जिम्मेवारी धेरै छ तर मुख्यतया क्षमता अभिवृद्धि गर्न आवश्यक छ । मैले देखेको यो हो । संस्थागत सुदृढीकरण गर्न जरुरी छ । संस्था बलियो नभएसम्म प्रभावकारी रुपमा काम गर्न सकिँदैन । त्यो विषयमा धेरै काम गर्नुपर्ने देखिएको छ । सेबन भाडाँको घरमा बसी रहेको छ त्यसैले पूर्वाधार निर्माण गर्नु आवश्यक छ । आफ्नै भवन नहुँदा लगानीकर्तालाई समेत प्रभावकारी रुपमा काम दिन सकेका छैनौं । धितोपत्र बजार प्रणालीमा सुधार गर्नुपर्ने छ । ७० लाख लगानीकर्ता पुगिसकेका छन् । त्यो बाहेक एशोसिएटेड सेवा दिने स्टेक होल्डरहरु दुई सयमाथि पुगिसकेका छन् । मार्केटको निरीक्षणदेखि बजारमा हुने अवाञ्छित गतिविधिहरु छन् ।

त्यसलाई नियन्त्रण गर्नको लागि अटोमेसनमा जानुपर्ने अवस्था छ । विगतमा पनि यसमा काम भएको थियो । अब हामीलाई अवाञ्छित गतिविधिहरुलाई हेरेर बस्ने छुट छैन । बजारलाई नयाँ उचाईमा पु¥याउने र अवाञ्छित गतिविधिहरुलाई नियन्त्रण गर्नेतर्फ जानुपर्ने हुन्छ । अध्यक्ष आएको एक महिना हुँदा पनि प्रक्रियामा रहेका आईपीओहरु अगाडि नबढेको भन्ने प्रश्नहरु आइरहेका छन् । त्यो स्वाभिक पनि हो । अगाडि बढिसकेको छ । अनुमति नपाएको अवस्था मात्रै हो । कम्पनीहरुको अध्यावधिक गर्नको लागि समय लागेको हो ।

कम्पनीहरुका विभिन्न डकुमेण्ट तथा अडिट रिपोर्टहरु हेर्नुपर्ने लगायतको कारणले ढिला भएको हो । अबको एक दुई दिनभित्रै आईपीओ निष्कासनको प्रक्रिया शुरु हुन्छ । लोमा समयमा रोकिएको आईपीओ एकै पटक आउँदा ओभर सप्लाई भएर बजारलाई असर गर्छ भन्ने पनि छ । त्यसैले बजारमा हुनसक्ने नकारात्मक असरलाई पनि कम गर्ने विषयमा बोर्ड सचेत छ । त्यहीअनुसार अगाडि बढ्छौं । सबै क्षेत्रलाई मिश्रित रुपमा अगाडि ल्याउँछौं । धितोपत्र बजारमा रियल क्षेत्र आउनुपर्छ भन्ने मेरो सोच हो । यसले मुलुकको अर्थतन्त्रलाई टेवा दिन्छ भन्ने बुझेको छु । शेयर लगानीकर्ताहरुको हितलाई प्राथमिकता दिएर नै बोर्डले काम गर्छ ।’

अध्यक्ष श्रेष्ठले पुँजीबजारमा देखिएका अनियमितताको नियमन तथा नियन्त्रणको विषयमा पनि कामहरु गरिरहेको बताउनु भयो । उहाँले लगानीकर्ताको हितलाई मध्यनजर गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । नेतृत्वमा आइसकेपछि लगानीकर्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको धारणा राख्नु भयो ।

उहाँले क्यापिटल मार्केट देशको अर्थतन्त्र चलायमान बनाउने ठूलो क्षेत्र भएकाले चलायमान बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले बोर्डले ७० लाख लगानीकर्तालाई सहजता दिनेगरी काम गर्न पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । अध्यक्ष श्रेष्ठले बोर्डको कार्य क्षमतालाई अभिवृद्धि गरी प्रभावकारी रुपमा काम गर्ने तयारी रहेको पनि बताउनु भयो ।