६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वनगरप्रमुख शिवाकोटी पुर्पक्षका लागि कारागार चलान



अ+ अ-

झापा : झापा जिल्ला अदालतले आज विर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुव शिवाकोटीलाई जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश नविनकुमार जोशीको एकल इजलाशले शिवाकोटीलाई उक्त आदेश जारी गरेको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिनुभयो । आदेश बमोजिम उहाँ आजै पुर्पक्षका लागि झापा कारागार चलान हुनुभएको छ । घरेलु कामदारको रुपमा बस्दै आएकी १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गत मङ्सिर २४ गते शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेपछि उहाँ थुनाकै क्रममा उपचारका लागि विर्तामोडको बीएन्डसी अस्पताल भर्ना हुनुभएको थियो । “प्रहरीको अनुसन्धान सकिएपछि उहाँलाई अदालतमा उपस्थित गराइएको थियो”, सूचना अधिकारी बस्नेतले भन्नुभयो, “हिजो र आज दुई दिनमा बयान सकिएको छ । आज थुनछेकको बहसपछि उहाँलाई पछि ठहरे बमोजिम हुने गरी हाललाई थुनामा राखी पुर्पक्ष गर्ने आदेश भएको हो ।”

प्रहरीले पेस गरेको अभियोगपत्रमा अभियुक्त शिवाकोटीमाथि १२ वर्षसम्म कैद सजायको माग दाबी गरिएको छ । उक्त मुद्दाको सुनुवाई अदालतको बन्द इजलासमा भएको थियो ।रासस