७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सिड्नी टेस्टमा भारतको हारको ५ कारण

सिड्नी टेस्टमा भारतको हारको ५ कारण
अ+ अ-

काठमाडौँ । सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले बोर्डर-गावस्कर ट्रफी ३-१ ले जितेको छ ।

आइतबार खेलको तेस्रो दिन भारतले दोस्रो इनिङ्समा १६२ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ४ विकेट गुमाएर यो उपलब्धि हासिल गरेको हो ।

यस खेलमा पनि भारतीय टोलीको शीर्ष क्रम असफल भयो । यो भारतको हारको सबैभन्दा ठूलो कारण बन्यो । यस खेलमा कप्तानी गरिरहेका जसप्रित बुमराहले अस्ट्रेलियाको दोस्रो इनिङ्समा बलिङ गरेनन् । अष्ट्रेलियाको पहिलो इनिङ्समा बुमराह घाइते भएका थिए ।

भारतको हारका ५ कारण
१. ब्याटिङ अर्डर फेरि असफल भयो
भारतीय टोलीको ब्याटिङ अर्डर फेरि असफल भएको छ । दुवै इनिङ्समा ऋषभ पन्तले सर्वाधिक रन बनाए भने उनी बाहेक अरु कुनै ब्याट्सम्यानले ३० रन पनि बनाउन सकेनन् । चारै खेलाडी यशस्वी जैसवाल, केएल राहुल, शुभमन गिल र विराट कोहलीले राम्रो सुरुवातलाई ठूलो इनिङ्समा परिणत गर्न सकेनन् ।

२. पन्तले राम्रो खेले तर साथ पाएनन्
पहिलो इनिङ्समा राम्रो बलिङ गरेपछि भारतले ४ रनको अग्रता लिएको थियो । पन्तले दोस्रो इनिङ्समा ६१ रन बनाए भने उनी बाहेक अन्य ब्याट्सम्यानले खास केही गर्न सकेनन् । पन्त आउट हुँदा भारतको स्कोर ५ विकेटमा १२४ रन थियो । यसपछि अर्को ५ ब्याट्सम्यान ३३ रनमा अलआउट भए । अस्ट्रेलियालाई १६२ रनको मामूली लक्ष्य थियो ।

३. बुमराहको चोट टर्निङ प्वाइन्ट
दोस्रो दिनको पहिलो इनिङ्समा बलिङ गर्दा जसप्रित बुमराह घाइते भएका थिए । उनी स्क्यानका लागि गए, जहाँ उनले ढाड दुखेको गुनासो गरे । दोस्रो इनिङ्समा बलिङ गर्न नसकेका कारण टोलीले अष्ट्रेलियाका ब्याट्सम्यानलाई दबाब दिन सकेन । बुमराह फिट भएको भए अष्ट्रेलियालाई लक्ष्य पछ्याउन निकै कठिन हुने थियो । पहिलो इनिङ्समा बुमराहले उस्मान ख्वाजा र मार्नस लाबुस्चेनको महत्वपूर्ण विकेट लिएका थिए ।

४. बलरहरूले राम्रो पिचको फाइदा उठाउन सकेनन्
बुमराह घाइते भए पनि उनी बिना नै टोलीले पहिलो इनिङ्समा अस्ट्रेलियालाई अलआउट गरेको थियो ।

सिड्नीको पिच ब्याट्सम्यानका लागि चुनौतीपूर्ण थियो तर पनि दोस्रो इनिङ्समा भारतीय बलरले अष्ट्रेलियाका ब्याट्सम्यानलाई रोक्न सकेनन् ।

पिचमा ७ एमएम घाँस छोडिएको थियो, जसले पहिलो दिनदेखि नै ब्याट्सम्यानलाई समस्या सिर्जना गरिरहेको थियो । तेस्रो दिन दरार देखा परेको थियो, जसका कारण बलमा बाउन्स र स्विङ भएको थियो तर भारतीय बलरले त्यसको फाइदा उठाउन सकेनन् ।

५.पछिल्लो टेस्टमा पनि विराटको ब्याटिङ असफल भयो
विराट कोहली अस्ट्रेलिया भ्रमणमा आएपछि उनी फर्ममा फर्किने अपेक्षा गरिएको थियो । उनले पर्थ टेस्टमा पनि शतक बनाएर आफ्नो फर्म फर्काए तर बाँकी ४ टेस्टमा उनले खास केही गर्न सकेनन् । सिड्नीमा उनले १७ र ६ रन मात्रै बनाउन सके । यो भ्रमणमा उनी ९ इनिङ्समध्ये ८ खेलमा अफ स्टम्प बाहिर जाने बलमा आउट भएका थिए ।
कोहलीजस्ता महान ब्याट्सम्यानले प्रदर्शन गर्न नसक्नु पनि भारतको हारको प्रमुख कारण बनेको छ ।