३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे

हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे
अ+ अ-

काठमाडौँ:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई, संस्कृति र पर्यटन नीति बनाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

प्रतिनिधिसभा मातहतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँले विभिन्न धर्मावलम्बीको आस्थासँग जोडिएका मठ, मन्दिर, गुम्बा, चैत्य र चर्च निर्माणमा केकति सहयोग गर्ने भन्नेबारे तीन तहका सरकारबीच समन्वय र मापदण्ड तर्जुमाको खाँचो औँल्याउनुभयो ।

बैठकमा नेपाल पर्यटन बोर्डको कार्यसम्पादन, विद्यमान समस्या र समाधानका उपायबारे छलफल भएको थियो । मन्त्री पाण्डेले भन्नुभयो, “पर्यटन बोर्ड पर्यटन क्षेत्रको थिङ्कट्याङक हो । पूर्वाधारभन्दा पर्यटन प्रवर्द्धनमा यो केन्द्रित छ । अरु क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि ‘हुन्छ भन्ने तर चित्त बुझाउन नसक्ने’ प्रवृत्तिले काममा बाधा पुर्‍याइरहेको छ ।”

बोर्डले आफूलाई गतिशील तुल्याउने र प्रतिफलको मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकतामा जोड दिँदै तीन तहका सरकारको सहयोग र समन्वयमा आफ्नो कार्य जिम्मेवारीको प्राथमिकतासम्बन्धी प्राथमिकीकरण गर्न मन्त्री पाण्डेले सुझाव दिनुभयो ।

मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले मुलुकको पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने गाउँ तहदेखि केन्द्रीय सरकारसम्मका प्रतिनिधिले जवाफदेही भएर अतिथिको सेवा र सत्कारमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटकको सङ्ख्याभन्दा दिगो र गुणस्तरीय पर्यटक भित्र्याउन लगानी बढाउनुपर्छ । काठमाडौँ, पोखरा र चितवनमा सीमित पर्यटकलाई अरु स्थानमा पुर्‍याउन यातायात, होटललगायत भौतिक पूर्वाधार तथा अध्यागमन र गुणस्तरीय खानपिनमा सुधारको खाँचो छ ।”

पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशीले देशको पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्य जिम्मेवारी रहेको बोर्डको रहेको भन्दै कोभिड–१९ पछि खस्किएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटन आगमनका हिसाबले ९६ प्रतिशत पुनप्र्राप्ति भएको दाबी गर्नुभयो ।

उहाँले भारतको अयोध्यासहित विभिन्न स्थानमा नेपालको पर्यटन प्रवर्द्धनका लागि सूचना केन्द्र स्थापना, सहासिक पर्यटन गन्तव्यको पहिचान गर्दै गुणस्तरीय पर्यटन भित्र्याउन विभिन्न कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिनुभयो ।

यसअघि बैठकमा सदस्यहरूले नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्ने वैदेशिक रोजगारी र अध्ययन गर्न जानेलाई बोर्डले प्रचारप्रसारका लागि प्रशिक्षित गराउनुपर्ने, भारत र चीनलाई लक्षित गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरूले देशको आम्दानीको ठूलो स्रोत पर्यटन भएकाले बोर्डलाई परम्परागत ढङ्गबाट नभई गुणात्मक पर्यटक भित्र्याउन नयाँ गन्तव्यको खोजी र रणनीति बनाउन सुझाव दिनुभयो ।

सदस्यहरूले तराई मधेसका गढीमाई र सिम्रौनगढ केचनाकवलबाट शुल्लाफाँटासम्मका क्षेत्र पर्यटकीय गन्तव्य रहेकाले गुरुयोजना बनाएर प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा काम गरिएको खण्डमा नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको धारणा राख्नुभयो । सभापति राजकिशोर यादवले अर्थतन्त्रको मुख्य हिस्सा ओगटेको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना बनाउन ढिलाइ गर्न नहुने विचार प्रकट गर्नुभयो ।रासस