१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने

जनशक्ति अभावका कारण नेपालले कोप–२९ मा ६८ वटा विषयगत बैठक गुमाउनुपर्योः सचिव खराल

जनशक्ति अभावका कारण नेपालले कोप–२९ मा ६८ वटा विषयगत बैठक गुमाउनुपर्योः सचिव खराल
अ अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालले जलवायु कार्य गर्नको लागि नेपालले वित्त व्यवस्थापन र खर्च गर्न सक्ने क्षमता विकास गर्नुपर्ने आश्यकता औंल्याउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सचिव डा खरालले नेपाल कानूनी र संरचनागत हिसावले मजबुत भएको भएपनि वित्त व्यवस्थापनमा कमजोर रहेको बताउनु भयो । उहाँले जलवायु कार्यका लागि तीन तहका सरकारले समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उहाँको जोड छ । उहाँले वित्त व्यवस्थापनका लागि आन्तरिक गृहकार्यसँगै अन्तर्राष्ट्रिय जगतसँग सहयोग लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल संरचनागत, नीतिगत र कानूनी रुपमा हामी सशक्त रुपमा काम गर्न सक्ने स्थिति छ । तर हामीले यसमा समस्या र ग्राहो भएको विषय भनेको वित्तको विषय हो । वित्तीय व्यवस्था हामीले गर्न सकेका छैनौं । त्यो वित्तिय व्यवस्थापनसँग जोडिएको क्षमताको कुरा पनि हो । हामीले वित्त व्यवस्थापन र खर्च गर्नसक्ने क्षमता बनाइसकेका छैनौं । अन्य संरचनागत र कानूनी पाटोमा बलिया भएपनि वित्त व्यवस्थापनको पाटोमा अझै धेरै कमि कमजोरीहरु छन् । यसमा संघ प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्ने र अन्तर्राष्ट्रिय जगतसँग पनि सहयोग लिनुपर्ने अवस्था चाँही छ’

उहाँले नेपालले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागि हुन आवश्यक जनशक्ति उत्पादन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले जनशक्ति अझावकै कारणले कोप २९ मा नेपालले ६८ वटा विषयगत बैठकहरु गुमाउनुपरेको बताउनु भयो । उहाँले जलवायुसम्बन्धी सम्मेलनमा सहभागि भई आफ्ना कुराहरु राख्ने र निरन्तर आफ्ना कुरा राख्नेगरी जनशक्ति विकासमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कोपका सबै विषयगत मिटिङहरुमा हामी सहभागि भएर आउनुपर्ने हुन्छ । कोप–२९ मा जम्मा ३९२ वटा बैठकहरु थिए । त्यसमध्ये हामी ३२४ वटा मिटिङमा मात्र सहभागिहुन पायौं । कनिभने हामीसँग जनशक्ति थिएन । हामीले हाम्रो प्राथमिकताको आधारमा सहभागि भएका थियौं । हामीले बाँकी ६८ वटामा चाहीँ विज्ञहरु पु¥याउन सकेनौं । त्यहाँ जलवायुको क्षेत्रमा लामो समय काम गरेको र विषयविज्ञता हासिल गरेका मान्छेहरु चाहिन्छन् । निरन्तर रुपमा त्यहाँ सहभागि भएर सिक्ने पनि र आफ्नो कुरा राख्ने कार्य गरिरहनुपर्छ । त्यस्तो खमलको जनशक्ति आवश्यक छ ।’

बैठकमा अधिकांश सांसदहरुले जलवायु कार्यका लागि कानूनी र संरचनागत सुधारसँगै वित्त व्यवस्थापनमा जोड दिनुभएको छ ।