२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनशक्ति अभावका कारण नेपालले कोप–२९ मा ६८ वटा विषयगत बैठक गुमाउनुपर्योः सचिव खराल



अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालले जलवायु कार्य गर्नको लागि नेपालले वित्त व्यवस्थापन र खर्च गर्न सक्ने क्षमता विकास गर्नुपर्ने आश्यकता औंल्याउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सचिव डा खरालले नेपाल कानूनी र संरचनागत हिसावले मजबुत भएको भएपनि वित्त व्यवस्थापनमा कमजोर रहेको बताउनु भयो । उहाँले जलवायु कार्यका लागि तीन तहका सरकारले समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उहाँको जोड छ । उहाँले वित्त व्यवस्थापनका लागि आन्तरिक गृहकार्यसँगै अन्तर्राष्ट्रिय जगतसँग सहयोग लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल संरचनागत, नीतिगत र कानूनी रुपमा हामी सशक्त रुपमा काम गर्न सक्ने स्थिति छ । तर हामीले यसमा समस्या र ग्राहो भएको विषय भनेको वित्तको विषय हो । वित्तीय व्यवस्था हामीले गर्न सकेका छैनौं । त्यो वित्तिय व्यवस्थापनसँग जोडिएको क्षमताको कुरा पनि हो । हामीले वित्त व्यवस्थापन र खर्च गर्नसक्ने क्षमता बनाइसकेका छैनौं । अन्य संरचनागत र कानूनी पाटोमा बलिया भएपनि वित्त व्यवस्थापनको पाटोमा अझै धेरै कमि कमजोरीहरु छन् । यसमा संघ प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्ने र अन्तर्राष्ट्रिय जगतसँग पनि सहयोग लिनुपर्ने अवस्था चाँही छ’

उहाँले नेपालले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागि हुन आवश्यक जनशक्ति उत्पादन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले जनशक्ति अझावकै कारणले कोप २९ मा नेपालले ६८ वटा विषयगत बैठकहरु गुमाउनुपरेको बताउनु भयो । उहाँले जलवायुसम्बन्धी सम्मेलनमा सहभागि भई आफ्ना कुराहरु राख्ने र निरन्तर आफ्ना कुरा राख्नेगरी जनशक्ति विकासमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कोपका सबै विषयगत मिटिङहरुमा हामी सहभागि भएर आउनुपर्ने हुन्छ । कोप–२९ मा जम्मा ३९२ वटा बैठकहरु थिए । त्यसमध्ये हामी ३२४ वटा मिटिङमा मात्र सहभागिहुन पायौं । कनिभने हामीसँग जनशक्ति थिएन । हामीले हाम्रो प्राथमिकताको आधारमा सहभागि भएका थियौं । हामीले बाँकी ६८ वटामा चाहीँ विज्ञहरु पु¥याउन सकेनौं । त्यहाँ जलवायुको क्षेत्रमा लामो समय काम गरेको र विषयविज्ञता हासिल गरेका मान्छेहरु चाहिन्छन् । निरन्तर रुपमा त्यहाँ सहभागि भएर सिक्ने पनि र आफ्नो कुरा राख्ने कार्य गरिरहनुपर्छ । त्यस्तो खमलको जनशक्ति आवश्यक छ ।’

बैठकमा अधिकांश सांसदहरुले जलवायु कार्यका लागि कानूनी र संरचनागत सुधारसँगै वित्त व्यवस्थापनमा जोड दिनुभएको छ ।




भर्खरै