१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग

सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन

सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन
अ अ+ अ-

पोखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादनका लागि कर्मचारीलाई निर्देशन दिनुभएको छ । सडक विभागद्वारा पोखरामा आयोजना गरिएको ‘आयोजना सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला’ समापनमा आज उहाँले विकास निर्माणलाई तीव्रता दिइ आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने भएकाले सोही ढङ्गबाट तदारुकताका साथ काम गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री दाहालले रुग्ण आयोजनाहरूको व्यवस्थापन गर्दै नयाँ आयोजनालाई गति दिनेगरी कार्यक्षेत्रमा खटिन आग्रह छ । असल नियतले कार्यसम्पादन गर्दा कुनै पनि निकायबाट कारबाहीमा परिन्छ कि भन्ने डर नमानी कार्य गर्न र नीतिगत समस्या भए मन्त्रालयले सहजीकरण गर्नेसमेत उहाँले प्रतिबद्धता जनाउनुभयो । “नेपाल अझै पनि निर्माणकै चरणमा रहेकाले अब बन्ने र बनिरहेका संरचनालाई दिगो र सुरक्षित बनाउनेतर्फ ध्यान दिन आवश्यक छ । आयोजनालाई आवश्यकता र उपयोगिताका आधारमा प्राथमिकता दिइ सङ्ख्यात्मक रूपमा मात्र नभई गुणात्मक पक्षमा पनि ध्यान दिन मेरो आग्रह छ”, मन्त्री दाहालले भन्नुभयो,“कुनै पनि आयोजना लामो समयसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको छ । यस पक्षमा पनि यहाँहरूबाट सहयोग हुनुपर्छ ।”

मन्त्रालयका सचिव केशवकुमार शर्माले प्रत्येक आयोजनाको विवरण चुस्त राख्न, अभिलेख प्रणालीलाई व्यवस्थित बनाउन र कार्यक्षेत्रमा रहेर काम गर्न कार्यालय प्रमुख तथा आयोजना प्रमुखलाई निर्देशन दिनुभयो । कार्यसम्पादनका क्रममा बेरुजु फछ्र्यौटलाई ध्यान दिँदै बेरुजु नहुने ढङ्गबाट काम गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यशालामा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, उपमहानिर्देशक उमेशबिन्दु श्रेष्ठ, मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल, कृष्णराज पन्त, प्रभातकुमार झालगायतले विभिन्न विषयमा अवधारणापत्र पेस गर्नुभएको थियो । कर्मचारीको कार्यसम्पादनलाई थप गतिशील बनाउन देशका अन्य भागमा यस प्रकारको कार्यशाला सञ्चालन गरिने सडक विभागका महानिर्देशक पोखरेलले जानकारी दिनुभएको छ ।

१७ बुँदे प्रतिबद्धता तथा निर्देशन

कार्यशाला सत्रबुँदे प्रतिबद्धता तथा निर्देशन जारी गर्दै सम्पन्न भएको छ । बढीभन्दा बढी समय कार्यक्षेत्रमा खटिन, अभिलेख प्रणाली व्यवस्थित बनाउन, कार्यसम्पादन विवरण नियमित रूपमा विभागमा पठाउनेलगायत विषय त्यसमा समेटिएका छन् । यस्तै, रुग्ण आयोजना व्यवस्थापनको कामलाई गति दिन, सञ्चालित आयोजनाको नियमित नियमन गर्नेलगायत विषय पनि यसमा रहेका छन् । उक्त १७ बुँदे प्रतिबद्धता तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न मन्त्री दाहालले आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव शर्माले उल्लेखित विषय कार्यान्वयन भए, नभएको मूल्याङ्कन मन्त्रालयले गर्ने र त्यसलाई दण्ड र पुरस्कारको आधार बनाइने बताउनुभयो ।