१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने

‘भ्रष्टाचार एक अर्कालाई खुइल्याउने हतियार बन्यो, कुन–कुन फाइल खोल्ने हो छलफल गरौं: महामन्त्री थापा

‘भ्रष्टाचार एक अर्कालाई खुइल्याउने हतियार बन्यो, कुन–कुन फाइल खोल्ने हो छलफल गरौं: महामन्त्री थापा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलहरुबारे छलफल गर्न प्रश्ताव गर्नुभएको छ ।

बिहीवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउने हतियारको रुपमा प्रयोग हुन थालेको भन्दै यस्तो प्रश्ताव गर्नुभएको हो । उहाँले समितिको बैठकमा प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीलाई आमन्त्रित गरेर भ्रष्टाचारका कुन–कुन काण्डको फाइल खोल्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले फाइल खोल्ने विषय सरकारमा बसेर धम्क्याउने र सरकारबाट बाहिर गएको मान्छेले फाइल खोल्न लागेकै कारण सरकार ढल्यो भन्ने अस्त्रको रुपमा प्रयोग गर्ने गरेको बताउनु भयो । उहाँले फाइल खोल्ने विषयमा नागरिक आजित भएको अवस्था सिर्जना भएको उल्लेख गर्दै शिर्ष नेतृत्वबाट यस विषयमा छलफल गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो भ्रष्टाचारको विषय चाहीँ हाम्रो सन्दर्भमा छलफल गर्ने विषय कसरि बन्दै गयो भने हामीले एक अर्कालाई आरोपित गर्नका लागि, कसैले पनि कसैलाई खुइल्याउनुप¥यो भने सबैभन्दा सजिलो हतियार चाहीँ भ्रष्टाचारसँग जोडिएका विषयहरु हुने भए । ति विषयहरुलाई हामी त्यसरि नै प्रयोग गर्ने भयौं । विधेयक पारित गर्दा म सत्तापक्ष थिएँ कि प्रतिपक्ष थिएँ भनेर अल्मलिने अवस्था छ । यहाँ पूर्वप्रधानमन्त्रीज्यु हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्रीज्यु पनि आइरहनुभएको छ । बरु एउटा बैठक चाहीँ आमन्त्रित गरेर भएपनि अर्को पूर्वप्रधानमन्त्रीलाई पनि बोलाउँ र यहि समितिको बैठकमा बसेर एकपटक छलफल गरौं । भ्रष्टाचारका कुन–कुन काण्डको फाइल खोल्ने हो । फाइल खोल्ने फाइल खोल्ने भन्ने विषय मात्र कसरि आयो भने कहिले सरकारमा बसेको मान्छेले म फाइल खोलिदिन्छु भन्ने, कहिले सरकारबाट बाहिर गएको मान्छेले मैले फाइल खोलिदिन लागेको थिएँ त्यसकारणले यस्तो भयो भन्ने भयो । बाहिर बसेका मान्छेलाई फाइल कसले खोल्छ ?सरकारले खोल्ने फाइल कस्तो हुन्छ? हामीले त अख्तियारले फाइल खोल्ने कानून बनाउँदैछौं । अख्तियारले फाइल खोल्छ । यो फाइल भन्दा भन्दा नागरिक पनि आजित भएको अवस्था भयो । त्यसको एउटा छलफल नै गरौं । कुनकुन फाइल खोल्ने हो शिर्ष नेता बसेर छलफल गरौं ।’

उहाँले शेरादरबार, ललितानिवास, गिरिबन्धु लगायतका सबै भ्रष्टाचारसम्बन्धी फाइलहरु खोल्नुपर्ने धारणा राख्नुभयो ।