१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने

पाकिस्तानको लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर

पाकिस्तानको लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर
अ अ+ अ-

एजेन्सी । आइक्युएयरको पछिल्लो वायु गुणस्तर सूचकाङ्क (एक्युआई) को वर्गाीकरणअनुसार प्रमुख विश्वव्यापी वायु गुणस्तर अनुगमन सेवाको तथ्याङ्कका आधारमा कराची र लाहोर विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा परेका छन् ।

लाहोर र कराची दुवैले गम्भीर वायु प्रदूषणसँग जुझिरहेका छन् । यसले जनस्वास्थ्यका लागि ठूलो खतरा खडा गरेको छ । विशेष गरी लाहोरलाई विश्वको सबैभन्दा प्रदूषित सहरको रूपमा स्थान दिइएको छ । लाहोरको एक्युआई ३५४ छ । यसलाई बासिन्दाहरूका लागि ‘खतरनाक’ मानिन्छ ।

एक्सप्रेस ट्रिब्युनका अनुसार एक करोड १० लाखभन्दा बढी जनसङ्ख्या भएको यो सहर सवारी साधनको उत्सर्जन, औद्योगिक गतिविधिहरू र बाली जलाउने कार्यका कारण लामो समयदेखि खराब वायु गुणस्तरसँग जुधिरहेको छ ।

नतिजाको रूपमा विशेष गरी जाडो महिनाहरूमा जब धुवाँ सबैभन्दा तीव्र हुँदा धेरै बासिन्दाले दम र अन्य फोक्सोका रोगसहित बढ्दो श्वासप्रश्वास समस्याहरूको सामना गर्नुपरेको छ ।

गत महिनामा धुवाँका कारण १८ लाख ८६ हजार ५८६ जना बिरामी परेका छन् । तीमध्ये एक लाख २९ हजार ,२२९ ले श्वासप्रश्वासको समस्याका लागि अस्पताल उपचार खोजिरहेका छन् ।

यसैबीच, ६१ लाख १५३ व्यक्तिमा कार्डियोथोरेसिक अवस्थाहरू अवस्था निदान गरिएको छ । त्यसैगरी दैनिक ६९ हजार ३९९ भन्दा बढी बिरामी श्वासप्रश्वासको समस्या, छाती दुख्ने वा धुवाँको कारणले स्ट्रोक भएको रिपोर्ट गरिएको छ ।

रिपोर्ट अनुसार पाकिस्तानको सबैभन्दा ठूलो सहर कराची १६४ को एक्यूआई सहित सूचीमा १३औँ स्थानमा छ । यसले यो सरहलाई ‘अस्वस्थ’ श्रेणीमा राखेको छ ।

सहरको व्यस्त बन्दरगाह, भारी ट्राफिक र औद्योगिक क्षेत्रहरूले उच्च प्रदूषणको स्तरमा योगदान पुर्याउँछ । यसले वातावरण र जनस्वास्थ्य दुवैलाई खतरामा पारेको छ ।

वायु प्रदूषणको सामना गर्न निरन्तर प्रयासहरू भए पनि कराचीको हावाको गुणस्तर बिग्रँदै जाँदा बासिन्दाहरू, विशेष गरी पहिले नै स्वास्थ्य अवस्थाहरू भएका मानिसहरूलाई गम्भीर खतरा उत्पन्न गरेको छ ।

गैरसरकारी वातावरणीय सङ्गठन क्लाइमेट एक्सन सेन्टर ९सिएसी० ले यसअघि लाहोर र पञ्जाबका अन्य सहरमा धुवाँका साथै कराचीमा हालैको धुवाँलाई सवारी उत्सर्जनसँग जोडेको छ ।

मङ्गलबार कराची प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा सिएसी निर्देशक यासिर हुसेनले पेट्रोल र डिजेल सवारी साधनहरूबाट उत्सर्जन यी शहरहरूमा प्रदूषणमा प्रमुख योगदानकर्ता भएका बताउनुभयो । कराचीमा ६० प्रतिशत र लाहोरमा ८० प्रतिशत प्रदूषणका लागि जिम्मेवार छ ।

यसैबीच जाडो याममा दादुराको प्रकोपले स्वास्थ्य विशेषज्ञहरूबीच चिन्ता बढाएको छ ।

विशेष गरी कुपोषित, प्रतिरक्षाविहीन वा खोप नलगाएकाका लागि नाक बग्ने, ज्वरो, खोकी, रातो आँखा र छालाको चकत्ते जस्ता लक्षणहरूद्वारा चिह्नित दादुरा कमजोर बच्चाहरूका लागि घातक हुनसक्छ ।

चिकित्सकहरूले यो अत्यधिक सरुवा रोग एक बच्चाबाट अर्को बच्चामा छिटो फैलने चेतावनी दिएका छन् । उनीहरूले आमाबाबुले आफ्ना बच्चाहरूलाई यस सङ्क्रामक रोगबाट जोगाउन नौ महिनादेखि डेढ वर्ष उमेरका बीचमा दादुरा विरुद्धको खोप लगाउन सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिएका छन् ।