३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्षः मौसम विज्ञान कार्यालय

भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्षः मौसम विज्ञान कार्यालय
अ+ अ-

एजेन्सी । भारतको मौसम विज्ञान विभागले बुधबार सन् २०२४ सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष भएको बताएको छ । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको यो मुलुकमा जलवायु परिवर्तनले निम्त्याएको चरम मौसमको विश्वव्यापी प्रवृत्ति अनुरूप तापक्रम उच्च रह्यो ।

“सन् १९०१ पछिको सबैभन्दा तातो वर्ष सन् २०२४ थियो”, भारतीय मौसम विज्ञान विभागका महानिर्देशक मृत्युञ्जय महापात्रले पत्रकारहरूलाई भन्नुभयो, “सन् २०२४ मा भारतभरको वार्षिक औसत भू–सतह हावाको तापक्रम दीर्घकालीन औसत सन् १९९१–२०२० अवधिभन्दा ०.६५ डिग्री सेल्सियस माथि थियो ।”

संयुक्त राष्ट्रसङ्घले गत महिना एक दशकको अभूतपूर्व गर्मीको अन्त्य गर्दै सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने बताएको थियो ।

जलवायु परिवर्तनले २०२४ मा विश्वव्यापी रूपमा चरम मौसम र रेकर्ड गर्मीको शृङ्खला निम्त्याउँदै अर्बौं डलर बराबरको क्षति पु¥याउने प्राकृतिक प्रकोपहरूलाई बढावा दियो ।

भारतले गत वर्ष आफ्नो सबैभन्दा लामो गर्मी लहरको सामना गर्यो । तापक्रम ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) भन्दा माथि पुगेको थियो ।

नयाँदिल्लीमा मे महिनामा आएको गर्मीको लहरले राजधानीको अघिल्लो रेकर्ड उच्च तापक्रमलाई भेट्यो । यसअघि उच्च तापक्रम सन् २०२२ मा ४९।२ डिग्री सेल्सियस (१२०.५ फारेनहाइट) रेकर्ड गरिएको थियो ।

भारत विश्वको तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जनकर्ता हो तर धेरै औद्योगिक पश्चिमको दुई दशकपछि सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध छ ।

अहिलेका लागि भारत विद्युत् उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ । मुख्यतया जीवाश्म इन्धनको जलनबाट सञ्चालित ग्लोबल वार्मिङ केवल बढ्दो तापक्रमका बारेमा मात्र नभई वायुमण्डल र समुद्रमा थपिएको सबै तापको प्रभाव पनि हो ।

तातो हावाले अधिक जलवाष्प धारण गर्नसक्छ र तातो महासागरहरूको अर्थ अधिक वाष्पीकरण हो । यसका प्रभावहरू व्यापक, घातक र बढ्दो रूपमा महँगा छन्, जसले सम्पत्तिमा क्षति पुर्याउने र बालीनाली नष्ट गर्ने गर्छ ।