१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सुनचाँदीको मूल्य वृद्धि प्याब्सनद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल ब्रोड पिक हिमपहिरोमा बेपत्ता १० आरोहीमध्ये चार जनाको शव फेला पाँचबुँदे मागसहित माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनसन जारी कोशी र मधेसको अवस्थाबारे सभापति थापाले गरे पार्टी नेतासँग छलफल हिमपहिरोमा बेपत्ता नेपाली आरोहीको खोजीमा पाकिस्तानसँग समन्वय जारी छ: पर्यटन विभाग मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाह र मधेसवादी दलबीच छलफल धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले ब्रेन्टफोर्डलाई हरायो



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई उसकै घरेलु मैदानमा १-३ गोलले हराएको हो ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलिले लिएको थियो । ब्रायन एम्बेउमोले खेलको १३ औं मिनेटमा गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२९ औं मिनेटमा गाब्रीयल जेसुसले गोल गर्दै आर्सनललाई १-१ को बराबरीमा ल्याए । त्यसपछि ५० औं मिनेटमा मेरिनोले तथा ५३ औं मिनेटमा गाब्रीयल मार्टीनेलीले गोल गर्दै आर्सनललाई ३-१ को जित दिलाए ।

जितसँगै तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलले १९ खेलबाट ३९ अङ्क जोडेको छ । लिभरपुल १८ खेलबाट ४५ अङ्कका साथ शीर्षस्थानमा छ । ब्रेन्टफोर्ड २४ अङ्कका साथ १२ औं स्थानमा छ ।