२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले मेरो ५१ वर्षिय एमाले राजनीति सक्काईदिएः भीम रावल



photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफ्नो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वार्षको राजनीति सक्काउने काम अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।

‘माधव नेपाल र झलनाथ खनालविरुद्ध तपाई अध्यक्षतामा उठ्दा केही नहुँने म तपाई विरुद्ध उठ्दा निष्कासन हुने यो कस्तो व्यवस्था हो ? अध्यक्षको उम्मेदवार बन्न के आधार हुनुपर्ने रहेछ र मलाई कारबाही गरियो ? यो कस्तो ओलीको हुकुमत हो ? रावलले ओलीलाई प्रश्न गरे । ‘के पार्टी अध्यक्षमा निश्चित भूगोल र शिक्षाको सीमा भएकाले मात्र उमेदवारी दिने हो ?’

एमालेमा आफूले गरेको संघर्ष र विभिन्न कमिटीमा रहेर गरेका कामहरूको बारेमा संक्षेपमा स्मरण गर्दै उनले भने ‘सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएँ । ममाथि पूर्वाग्रह राखेर कारबाही गरियो ।’

रावललाई गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्य नरहने गरी हटाएको थियो । आफूलाई चितवनमा सम्पन्न महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेको भन्दै कारबाही गरिएको उनले जिकिर गरे ।

रावलको पत्रकार सम्मेलन जारी छ ।