१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएँः भीम रावल – पूर्णपाठ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएको बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । एमालेमा आफूले गरेको संघर्ष र विभिन्न कमिटीमा रहेर गरेका कामहरूको बारेमा संक्षेपमा स्मरण गर्दै उनले भने ‘सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएँ । ममाथि पूर्वाग्रह राखेर कारबाही गरियो ।’

आफूलाई चितवनमा सम्पन्न महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेको भन्दै कारबाही गरिएको जिकिर गर्दै रावलले ओलीले पनि किन झलनाथ खनाल र माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको भन्दै प्रश्न गरे ।

यस्तै, मुलुकको कूटनीति कमजोर बनेको उल्लेख गर्दै नेता रावलले जमिन बाँझो भएको तथा युवा विदेशिएको कुरा उठाउँदै ठूला भ्रष्टाचारको मुद्दाबारे पनि पत्रकार सम्मेलनमा बोले ।

अपराधलाई राजनीतिकरण र राजनीतिलाई आपराधिकरण गरिएको उनको भनाई छ । मुलुकमा लम्पसारवाद बढेको भन्दै रावलले यसलाई देशभक्त नागरिकले हेरेर बस्न नहुने बताए ।

रावलले आफू पार्टी निर्माणमा निरन्तर सक्रिय हुँदै आएको दावी गर्दै तर पछिल्लो समय दुरासय राखेर आफूमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरिएको टिप्पणी गरे । पत्रकार सम्मेलनका क्रममा रावलले पटक–पटक एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/01/IMG_4148_IMG_4165_merged.pdf”]