५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-अष्ट्रेलिया चौथो टेस्टः अस्ट्रेलियाका शीर्ष ४ ब्याटरको अर्धशतक



Australia’s Marnus Labuschagne, second left, is beaten by delivery during play on the first day of the fourth cricket test between Australia and India at the Melbourne Cricket Ground, Melbourne, Australia, Thursday, Dec. 26, 2024. (AP Photo/Asanka Brendon Ratnayake)
अ+ अ-

एजेन्सी । बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्टको पहिलो दिन अस्ट्रेलियाले भारतविरुद्ध ६ विकेटमा ३११ रन बनाएको छ । बिहीबार स्टम्पसम्म स्टिभ स्मिथ ६८ र कप्तान प्याट कमिन्स ८ रनमा अविजित रहे ।

मेलबर्नमा भएको एमसीजीमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । १९ वर्षीय युवा ओपनर साम कोन्स्टास (६० रन) र उस्मान ख्वाजा (५७ रन)ले कङ्गारु टोलीलाई राम्रो सुरुवात गराए । दुवैले ११६ बलमा ८९ रनको ओपनिङ पार्टनरसिप गरे ।

मार्नस लाबुस्चेनले ७२ रन र विकेटकिपर एलेक्स केरीले ३१ रनको योगदान दिए । मिचेल मार्स ४ र ट्राभिस हेड शून्य रनमा आउट भए । दिनको पहिलो सत्रमा अस्ट्रेलियाले वर्चस्व कायम राखेको थियो भने दोस्रो सत्र मिश्रित रह्यो । त्यसपछि दिनको अन्तिम सत्रमा भारतले पुनरागमन गर्‍यो।

बलिङमा भारतका जसप्रित बुमराहले ३ विकेट लिए भने आकाश दिप, रविन्द्र जडेजा र वासिन्टन सुन्दरले १/१ विकेट हात पारेका छन्।

अहिले ५ खेलको सिरिज १–१ को बराबरीमा छ । पहिलो टेस्ट भारतले जितेको थियो भने दोस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो। तेस्रो टेस्ट बराबरी भएको थियो।