२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुने बताइएको छ ।

बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्नेछ ।

एमालेले यही पुस २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । तर औपचारिक घोषणा भने गरेको छैन । यसअघि एमाले केन्द्रीय कमिटीको बैठक गत असारमा बसेको थियो । एमाले विधानअनुसार केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने प्रावधान छ ।