२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता

विद्यार्थीको सिकाइस्तर खस्कीएको शिक्षकको गुनासो

विद्यार्थीको सिकाइस्तर खस्कीएको शिक्षकको गुनासो
अ अ+ अ-

काठमाडौं । कोरोना महामारीका कारण धेरै प्रभावित बनेको एक शिक्षा क्षेत्र पनि हो । करिब छ महिनापछि शैक्षिक संस्थाहरु सञ्चालनमा आँउदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर अहिलेको परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालीकाको सिकाइस्तर भने खस्कीएको पाइएको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७, डाँडागाँउका सन्तोष नेपाली श्री पन्चकन्या आधारभुत विद्यालयको ६ कक्षाको प्रथम विद्यार्थी हुन् । कक्षा पाँचबाट प्रथम भएर छ मा गएका सन्तोष छ महिनापछि मात्रै कक्षा छ को पढाइ गर्न विद्यालय आउन पाँउदा खुसी हुनुहुन्छ् । घरमा बस्दा कहिले घरायसी काम त कहिले साथीभाइसँग खेलेरै समय विताएका नेपाली आफुलाई पढ्नुपर्छ भन्ने चाँही लागेको बताउँनुहुन्छ । तर पनि विद्यालय आएर नियमित पढेजस्तो चाँही नभएको उहाँको अनुभव छ । सन्तोष कोरोनाको त्रासको विचमा विद्यालय आउनुपर्दा माक्स लगाएर आउने गर्नुहुन्छ । घरबाट निस्कने बेला स्यानीटाइजार लगाएर आउने गर्नुभएका उहाँ विद्यालयमा भने पटक पटक साबुनपानीले हात पनि धुने गर्नुहुन्छ । लकडाउन खुकुलो भएसँगै विद्यालय सञ्चालन भएर पढ्न पाँउदा आफु खुसी भएको उहाँको भनाई छ ।

सोही ठाँउका सुस्मीता भण्डारी पनि कक्षा ६ मा नै पढ्नुहुन्छ । कोरोना महामारीकै बीचमा विद्यालय सञ्चालन हुँदा आफु सचेत र सुरक्षीत भएर विद्यालय आउने गरेको उहाँले बताउनुभयो । लामो समय विद्यालय बन्द हुँदा साथीहरुसँग भेटघाट गर्न नपाएकोले दुःखी भएपनि अहिले भने विद्यालय खुलेपछि सबै साथीहरुसँग भेट गर्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । कोरोना संक्रमणबाट जोगीन भने रुखाखोकी लागेको साथीलाई विद्यालय नआउन भन्ने गरेको र आइहालेमा दुरी कायम गरेर मात्रै बस्ने गरेको उहाँको भनाई छ । पटक पटक साबुनपानीले हात धुने गरेकी सुस्मीता पनि घरमा बस्दा पढाइलाई खासै समय दिन नसकेको स्विकार्दै विद्यालय खुल्दा खुसि लागेको बताउँनुहुन्छ ।

सुस्मीताकी आमा लक्ष्मी भण्डारी पनि विद्यालय खुलेकोमा आफु धेरै खुसि भएको बताउनुहुन्छ । आफ्ना बच्चा घरमा बस्दा पढाइमा खासै समय दिन नसकेको उहाँको भनाई छ । छोराछोरी घरमै बरालिएर बस्दा पढाइमा खासै समय नदिएकोमा अहिले विद्यालय खुलेपछि भने बच्चाको शैक्षिक स्तर सुधार हुने उहाँको अपेक्षा छ ।

पञ्चकन्या आधारभुत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेल लामो समयपछि विद्यालय खुल्दा विद्यार्थीको शैक्षिक स्तर भने खस्कीएको पाएको बताउनुभयो । कोरोना महामारीबाट बच्न सबैजसो स्वास्थ्य मापदण्ड पुरा गरेर कक्षा सञ्चालन गरे पनि सबै विद्यार्थीले सो मापदण्ड पुरा गर्न नसकेको उहाँको भनाई छ । छ महिना मात्रै विद्यालय बन्द हुँदा पनि विद्यार्थीको शैक्षिक स्तर धेरै खस्किएको पाएको उहाँले बताउनुभयो ।

अझैै पनि देशभरीका शैक्षिक संस्था बन्द रहेका छन । कतिपय विद्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय संञ्चालनको तयारी गरिरहेका छन । सरकारले वैकल्पिक माध्यमका पढाइ सञ्चालन गर्न भनेपनि खासै प्रभावकारी बन्न नसकेको जानकारहरु बताउँछन ।