२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर दुई हजार पाँच सय ८३ दशमलव २९ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १९ कम्पनीका ९१ लाख ८० हजार सात सय १८ कित्ता शेयर ५७ हजार आठ सय ६३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ५१ करोड ८३ लाख ८५ हजार एक सय सात बराबरको कारोबार भएको छ ।

जलविद्युत् समूह शून्य दशमलव ६५ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ५७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ०५ र वित्त समूह एक दशमलव ४९ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ०१, लगानी एक दशमलव १८, जीवन बीमा शून्य दशमलव ८१, लघुवित्त शून्य दशमलव ३९, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ८२, व्यापार एक दशमलव ३५ र अन्य समू शून्य दशमलव ३७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, बाहारी हाईड्रोपावर पब्लिक लिमिटेड र न्यादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ४० प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिभर फल्स फावर लिमिटेडको रू २२ करोड तीन लाख १२ हजार आठ सय ३४ बराबरको दुई लाख ५२ हजार एक सय ४९ कित्ता शेयर किनबेच भएको छ ।