१७ श्रावण २०८३, आईतवार
,
Latest
विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता २०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले… थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२५ मा हसाउन अमेरिका जाँदै कमेडी दरबारको टिम



अ+ अ-

काठमाडौं । कमेडी दरबारको टिमले २०२५ मा अमेरिकामा कार्यक्रम गर्ने भएको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । २०२५ मा अमेरिकाका विभिन्न शहरहरुमा तीन कार्यक्रम वटा कार्यक्रम गर्ने आयोजक टिमले जनाएको छ ।

कार्यक्रमहरुमा अब सुन्छ अमेरिका, अब हाँस्छ अमेरिकाको पार्ट २ र अब गाउँछ अमेरिका रहेका छन् । अमेरिकामा रहनुभएका नेपालीहरुको आग्रहमा कार्यक्रम गर्न लागिएको कलाकार विक्की अग्रवालले बताउनु भयो ।

कार्यक्रममा गायिका रचना रिमाल,एलिना चौहान, स्ट्याण्डअप कमेडियन सुमन कार्की, गजलकार प्रदीप रोदन र कमेडी दरबारको टिमका सदस्यहरु बिक्की अग्रवाल, सुन्दर खनाल, पवन खतिवडा (म्याकुरी), मिस पबी, सुजाता श्रेष्ठ आदिको उपस्थिति रहने बताइएको छ ।