३ पुष २०८१, बुधबार
,
Latest
अपराधको डरलाग्दाे तथ्यांक : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ श्रीलङ्काद्वारा विदेशी मुद्रा सञ्चिति १५ अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य जापानको होन्डा र निसानबीच मर्जरका लागि प्रारम्भिक वार्ता इजरायलसँग युद्धविरामका लागि भइरहेको दोहा वार्ता ‘सकारात्मक’: हमास गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त :विश्व बैङ्क एसईईमा फेरि नयाँ नियम: नन ग्रेडेड विषयमा मात्रै परीक्षा दिए पुग्ने ६८ लाख नगद सहित हुण्डी कारोबारमा संलग्नहरू प्रहरी नियन्त्रणमा किन वैदेशिक रोजगार बचतपत्र बिक्री भएन ? कहाँ छ समस्या ? परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान किशोरीका लागि चार लाख ६० हजार खोप नेपाल आइपुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलले कप्तानी जिम्मेवारीमा आफूलाई धेरै विकास गरेको छ: शरद भेषावकर



अ+ अ-

काठमाडौँ । चितवन राइनोजका अनभुवी खेलाडी शरद भेषावाकारले रवि बोपारा र सोहेल तनभिरजस्ता अनुभवी क्रिकेटरसँग खेल्न पाउँदा धेरै कुरा सिक्न पाएको बताएका छन् ।

खेलपछिको पत्रकार सम्मेलनमा शरदले सोहेल र बोपाराले गरेर आठ सयदेखि एक हजार खेल खेलिसकेको र ती अनुभवी खेलाडीबाट आपूmह धेरै कुरा सिक्न पाएको बताएका हुन् ।

टिमका सबै खेलाडीको अनुभव जोड्दा रवि र सोहेलको नजिक नपुग्ने उल्लेख गर्दै शरदले उनीहरूले धेरै ज्ञान पनि सिकाउने गरेको बताए । समग्रमा धेरै प्रयास गरे पनि अगाडिको यात्रा सम्भव नभएको उनी बताउँछन् । उनले जहिल्यै पनि ब्याक सिटमा बस्ने कुशलले आफूलाई नेतृत्वमा विकास गरेको देख्दा खुशी लागेको बताए ।

आफ्नै कप्तानीमा फ्रेन्चाइज लिग खेल्दा ट्यालेन्ट हन्टबाट ल्याएको कुशलकै कप्तानीमा खेल्न पाउनु आफ्नो लागि खुशी लागेको उनी बताउँछन् । कहिलेसम्म क्रिकेट खेल्ने अहिले नै भन्ने नसके पनि अवसर पाएसम्म क्रिकेट खेल्ने उनको भनाइ छ । आफूसँगै खेलेका सहकर्मी व्यवस्थापन र प्रशिक्षणमा राम्रो गरिरहँदा आफूलाई खुशी लागेको उनको भनाइ छ । उहाँहरूको काम प्रशंसनीय रहेको उनी बताउँछन् । कप्तान भएपछि उसमाथि धेरै जिम्मेवारी हुने र त्यसमा कुशलले धेरै पक्षमा आफूलाई विकास गरेको उनको भनाइ छ ।

ब्रायन लाराजस्ता क्रिकेटर नेपाल आउनु र उहाँहरूले नेपालको क्रिकेट प्रमोट गर्नु राम्रो र सुखद् पक्ष रहेको उनी बताउँछन् ।