३ पुष २०८१, बुधबार
,
Latest
निजामति सेवा ऐन कसैको प्रभाव र दबाबमा नपरी पास हुनुपर्छः सांसदहरु मिडल अर्डरमा राम्रो गर्न सकेनौं–जनकपुरका कप्तान आसिफ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छः कानूनमन्त्री चौरसिया यी हुन् विश्वकै पाँच पुराना विश्वविद्यालय नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार–२०८० घोषणा इरानमा हिजाबसम्बन्धी कडा विधेयकमा सुधार गर्न सांसद्हरूद्वारा आग्रह उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइनः उर्जामन्त्री खड्का वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने संस्था श्रम मन्त्रालय मातहत राख्नुपर्छः मन्त्री भण्डारी उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैनः सभापति देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र अस्ट्रेलिया बीचको ब्रिस्बेन टेस्ट बराबरीमा सकियो



अ+ अ-

ब्रिस्बेन: अस्ट्रेलियाको ब्रिस्बेनमा भएको भारत–अस्ट्रेलिया बीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा समाप्त भएको छ । यसअघि दुबै टिमले एक एक खेल जितेर पाँच म्याचको शृंखला बराबरीमा रहेको छ ।

बर्षाले प्रभावित यस खेलको अन्तिम दिन समेत बर्षाले पटकपटक अबरुद्ध बनेको थियो ।

यसअघि पहिलो दिन टस जितेर भारतले अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको थियो । अस्ट्रेलियाले पहिलो इनिङमा ट्राभिस हेड र स्टिभन स्मिथको शतकका मद्दतले ४४५ रन बनाएको थियो ।

तर भारतले भने पहिलो इनिङमा खासै उत्साहजनक प्रदर्शन गर्न सकेको थिएन । फलो अनमा पर्ने सम्भावना बीच भारतका अनुभवी अलराउन्डर रबिन्द्र जडेजाले ७७, के एल राहुलले ८० तथा आकाश दीपले ३१ रनको मद्दतले २६० रनमा अलआउट हुँदै फलो अन जोगाएको थियो ।

यसपछि दोस्रो इनिङमा ब्याटिङमा उत्रेको अस्ट्रेलियाले छिटोछिटो रन बनाउने क्रममा ८९ रनमा सात विकेट गुमाएको थियो । तर भारतसामु जितका लागि २७५ रन बनाउनुपर्ने चुनौतीपूर्ण लक्ष्य थियो ।

पाँचौं दिन करिब ५२ ओभरमा २७५ रन बनाउनुपर्ने लक्ष्य पछ्याउन भारतलाई कठिन नै थियो, तर भारतले स्कोरबोर्डमा ८ रन बनाउँदै वर्षाले खेल अबरुद्ध भयो र अन्तत: खेल बराबरीमा सकियो । एजेन्सी