२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सहयोगमा बनेको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस भवन हस्तान्तरण



अ+ अ-

काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा बनेको काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत दुई करोड ९२ लाख लागतमा निर्मित उक्त भवनको जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी तथा भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले क्याम्पस व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीसमेत उपस्थित थिए ।

भारत सरकारको अनुदान सहयोग दुई तले छात्रावास भवन र अन्य सहयोगी संरचनासँगै दुई तल्ले कक्षाकोठा भवन निर्माणमा उपयोग गरिएको थियो ।

परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइएको हो भने जिल्ला समन्वय समिति, काठमाडौँमार्फत कार्यान्वयन गरिएको हो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले नेपाली जनताको उत्थानमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।

नवनिर्मित संरचनाले सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसका विद्यार्थीहरूलाई व्यावसायिक शैक्षिक दक्षता प्रदान गर्न सहयोगी हुने भारतीय दूतावासले जनाएको छ ।

यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै यस क्षेत्रमा शिक्षाको समग्र विकासमा योगदान पुर्‍याउने पनि दूतावासले उल्लेख गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तलिम परिषद् (सीटीइभीटी) बाट सम्बन्धन प्राप्त सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पस सन् २००० मा स्थापना भएको हो ।

क्याम्पसले तीन वर्षे प्रोफिसियन्सी सर्टिफिकेट लेभल कोर्स (पिसिएल) अध्यापन गराउँदै आएको छ, यसले अब प्रत्येक वर्ष एक सय २० तालिमप्राप्त नर्स उत्पादन गर्नेछ ।