२७ मंसिर २०८१, बिहीबार
,
Latest
चिनियाँ राष्ट्रपति सि लाई ओहोदाको प्रमाणपत्र बुझाए नेपाली राजदूत ओलीले काठमाडौं विश्वविद्यालयद्वारा यही २९ गते एक हजार २५६ जना विद्यार्थी दीक्षित हुँदै काठमाडौंको नदी किनारमा २० मिटरको सीमा कायम गर्ने सर्वोच्चको फैसला कार्यान्वयन नगर्न पत्राचार पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायाङ्कन भइरहेको छः रबि लामिछाने सामाखुशी यातायातले ल्यायो दश करोड लगानीमा विद्युतीय माइक्रो बस नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनीहरू अमेरिकी डलर देखाई साढे छ लाख ठगी गर्ने दुई पक्राउ प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थस्थलको रूपमा स्थापित गर्न सकिन्छः प्रधानमन्त्री बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव दाहाललाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेजेन्ड क्रिकेटर ब्रायन लारा भोलि नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । वेस्टइन्डिजका लेजेन्ड क्रिकेटर ब्रायन लारा भोलि (शुक्रबारं) नेपाल आउने भएका छन् । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को अवलोकनका लागि लारा नेपाल आउन लागेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै लारा भोलि नेपाल आइपुग्ने जानकारी गराएको छ । क्यानका अनुसार उनी शुक्रबार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

को हुन् लारा ?

आफ्नो असाधारण ब्याटिङ अनि ठूलो स्कोर बनाउने क्षमताले संसारभर चर्चित दिग्गज क्रिकेटर हुन् लारा ।

सन् १९९६ देखि २००७ सम्म क्रिकेट खेलेका उनको नाममा कैयौँ विश्व रेकर्ड छन् । सन् १९६९ मा ट्रिनिडाड टुबागोमा जन्मेका बायाँहाते ब्याटरले डिसेम्बर १९९० मा पाकिस्तानविरुद्ध टेस्ट डेब्यु गरेका थिए ।

सोही वर्ष नोभेम्बरमा पाकिस्तानविरुद्ध ओडीआईमा डेब्यु गरेका उनले १ सय ३१ टेस्टमा ११ हजार ९ सय ५३ रन बनाएका छन् ।

यसमा ३४ शतक, ४८ अर्धशतक र ४ सय उच्च स्कोर सामेल छ । सन् १९९४ मा डरहमविरुद्ध वार्विकशायरका लागि नटआउट ५ सय १ रन बनाएको उनको यो रेकर्ड कसैले तोड्न सकेको छैन ।

उनले १० अप्रिल २००४ मा इंग्ल्यान्डविरुद्धको खेलमा अविजित ४०० रनको विशाल स्कोर बनाएका थिए । यो रेकर्ड पनि अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

उनले २ सय ९९ ओडीआईमा १० हजार ४ सय ५ रन बनाएका छन् । यसमा १९ शतक, ६३ अर्धशतक र १ सय ६९ उच्च स्कोर समावेश छ ।