३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु

भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
अ+ अ-

एजेन्सी । भारतीय सेनाले बिहीबार सात जना माओवादी विद्रोहीलाई गोली हानेर मारेको छ ।

सेनाले छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जङ्गलमा भएको झडपमा उनीहरूको मृत्यु भएको जनाएको छ । भएको थियो ।

लामो समयदेखि जारी सशस्त्र द्वन्द्वलाई दबाउन सुरक्षा बलले प्रयास तीव्र पारेपछि पछिल्ला केही महिनामा भारतमा नक्सलवादी आन्दोलनका नामले चिनिने माओवादी विद्रोहीले व्यापक क्षति ब्यहोर्नुपरेको छ ।

दशकौं लामो नक्सलवादी आन्दोलनका क्रममा १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नक्सलवादी समूहका अनुसार भारतको संसाधन–समृद्ध मध्य क्षेत्रका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेका छन् ।

हालैका वर्षहरूमा विद्रोह निकै खुम्चिएको छ र सुरक्षा बलको कारबाहीमा यस वर्ष २०० भन्दा बढी विद्रोही मारिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

प्रहरी महानिरीक्षक पी सुन्दरराजले एएफपीसँग भन्नुभयो, “अहिलेसम्म नक्सलबादीे समूहको पोशाकमा रहेका सात जनाको शव फेला परेको छ । झडपमा थप व्यक्तिको पनि मृत्यु भएको अनुमान गरिएको छ । तर अन्य व्यक्तिको शब फेला प्ेको छैन ।”

भारतीय गृहमन्त्री अमित शाहले गत सेप्टेम्बरमा माओवादी विद्रोहीहरूलाई आत्मसमर्पण गर्न वा ‘चौतर्फी’ आक्रमणको सामना गर्न चेतावनी दिँदै सरकारले सन् २०२६ को सुरुसम्म विद्रोह अन्त्य गर्ने अपेक्षा गरेको बताउनुभएको थियो ।

सन् १९६७ मा सशस्त्र अभियान सुरु भएको जिल्लाको नामबाट नामाकरण गरिएका नक्सलवादीहरू चिनियाँ क्रान्तिकारी नेता माओत्सेतुङबाट प्रेरित भएको मानिन्छ ।

उनीहरूले स्थानीय बासिन्दाहरूका लागि भूमि, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतहरूको हिस्साको माग गरेका छन् र भारतको पूर्वी र दक्षिणका धेरै दुर्गम समुदायहरूमा आफ्नो छाप छोड्न सफल भएका छन् ।

सन् २००० को दशकको सुरुसम्म आन्दोलनले शक्ति र सङ्ख्या बढाएको पाइन्छ ।

नयाँ दिल्लीले ‘रेड करिडोर’ भनिने क्षेत्रमा विद्रोहीविरुद्ध दशौं हजार सुरक्षाकर्मी तैनाथ गरेपछि आन्दोलनले बिस्तारै आधार गुमाउन थालेको देखिन्छ । त्यसपछि अधिकारीहरूले स्थानीय पूर्वाधार र सामाजिक परियोजनामार्फत् उक्त षेत्रमा लाखौं डलर लगानी गरेका छन् ।