१७ श्रावण २०८३, आईतवार
,
Latest
‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२५ मा एक वफादार र मायालु पार्टनर चाहन्छिन् सामन्था !



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री सामन्था रुथ प्रभुका पूर्व पति नागा चैतन्यले शोभिता धुलिपालासँग दोस्रो विवाह गरेका छन् ।

दुवैले डिसेम्बर ४ मा हैदराबादको अन्नपूर्ण स्टुडियोमा विवाह गरेका थिए ।

यसैबीच सामन्थाले सामाजिक सञ्जालमा एउटा क्रिप्टिक पोस्ट सेयर गरेकी छिन् । अभिनेत्रीको यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

सामन्थाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा रहस्यमय पोस्ट सेयर गरेकी छिन् । अभिनेत्रीले आफ्नो इन्स्टा स्टोरीमा आगामी वर्ष २०२५ को लागि वृष, कन्या र मकर राशिका लागि भविष्यवाणी गरेको पोस्ट साझा गरेकी छिन् ।

अभिनेत्रीको पोष्टका अनुसार २०२५ मा यी राशि भएका व्यक्तिहरूको जीवनमा धेरै कुरा हुन सक्छ । यो वर्ष उनीहरूका लागि व्यस्त रहनेछ र उनीहरूले यसमा धेरै पैसा कमाउनेछन् । साथै पोस्टको चौथो लाइनमा वफादार र माया गर्ने पार्टनर पाउने र धेरै ठूला लक्ष्यहरू पूरा हुने लेखिएको छ । पोस्ट सेयर गर्दै अभिनेत्रीले लेखिन्–आमेन ।

सामन्था रुथ प्रभुले नागा चैतन्यसँग ६ अक्टोबर २०१७ मा गोवामा पहिले हिन्दू र त्यसपछि ७ अक्टोबरमा इसाई परम्परा अनुसार विवाह गरिन् । विवाहपछि सामन्थाले आफ्नो नाम अक्किनेनी राखेकी थिइन् ।

तर, बिछोडको खबरका बीच सामन्थाले आफ्नो ट्वीटर ह्यान्डलबाट अक्किनेनीलाई हटाएर सामन्था रुथ प्रभु बनाएकी थिइन् । अक्टोबर ६, २०२१ मा दुवैको वैवाहिक जीवनको चार वर्ष पूरा हुन लागेको थियो तर त्यसअघि नै दुवैको सम्बन्धविच्छेद भयो ।