२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति सिग्देल भारत प्रस्थान



अ+ अ-

काठमाडौ । प्रधान सेनापति अशोक राज सिग्देल भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामाभारतको नयाँ दिल्लीतर्फ प्रस्थान गर्नु भएको छ ।

प्रधान सेनापति सिग्देलले मंसिर २६ गतेदेखि मंसिर २९ गते भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । सैनिक श्रीमती संघकी अध्यक्ष तथा उहाँकी धर्मपत्नी श्रीमति नीता क्षेत्री सिग्देल सम्मिलित ९ सदस्यीय भ्रमण दलका साथ भारत प्रस्थान गर्नु भएका प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग के।सी।ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो ।

औपचारिक भ्रमणमा सहभागी हुनु पूर्व प्रधान सेनापति सिग्देललाई आजै जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच सम्मान गारत अर्पण गरिएको थियो ।

प्रधान सेनापतिमा नियुक्त भए पश्चात् उहाँले पहिलो पटक विदेश भ्रमण गर्न लाग्नु भएको हो । भ्रमणका दौरान प्रधान सेनापति सिग्देललाई मिति २०८१ मंसिर २७ गते भारतका महामहिम राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सुशोभन गर्नु हुने कार्यक्रम रहेको छ ।

त्यस्तै भ्रमणका क्रममा भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै प्रधान सेनापति सिग्देल Indian Military Academy मा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथि (Reviewing Officer) को रूपमा सहभागी हुनु हुने कार्यक्रम रहेको छ ।

प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीप जंग के‍ .सी. ले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । प्रधान सेनापति सहितको भ्रमण दल मिति २०८१ मंसिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।