६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

प्रधानमन्त्री बेजिङको औपचारिक भ्रमणपछि हिमालय एअरलाइन्सबाट स्वदेश फिर्ता

प्रधानमन्त्री बेजिङको औपचारिक भ्रमणपछि हिमालय एअरलाइन्सबाट स्वदेश फिर्ता
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली, श्रीमती राधिका शाक्यसहित उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल चीनको राजधानी बेजिङको औपचारिक भ्रमण सम्पन्न गरी हिमालय एअरलाइन्सको ] Airbus 319 (Registration: 9N-AJK)  वायुयानबाट स्वदेश फर्कनुभएको छ ।

यस भ्रमणमा प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार श्री विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक/विकास सल्लाहकार डा. युवराज खतिवडा, सासंदहरु, मुख्य सचिव  एक नारायण अर्याल, वरिष्ठ सरकारी अधिकारीहरु र विभिन्न उद्योग र व्यापारका प्रतिनिधिहरु संलग्न हुनुभयो ।

वायुयान आज बिहान ११:०४ बजे (चीनको स्थानीय समय) बेजिङ क्यापिटल इन्टरनेशनल एअरपोर्टबाट प्रस्थान गरी नेपाली समयानुसार १४:४८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो ।

हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्‍योंगले सम्माननीय प्रधानमन्त्री तथा प्रतिनिधिमण्डललाई वायुयानमा स्वागत गर्नुभएको थियो भने हिमालय एअरलाइन्स्का उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले वायुयानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन पश्चात औपचारिक रूपमा स्वागत गर्नुभएको थियो ।

यस उच्चस्तरीय उडानको सफल व्यवस्थापनले हिमालय एअरलाइन्सको राष्ट्र सेवाप्रतिको समर्पण र देशको यस्ता महत्त्वपूर्र्ण उडान सफलतापूर्वक संचालन गर्न सक्ने क्षमताको पुष्टि गरेको छ । यसले एअरलाइन्स्लाई राष्ट्रका लागि भरपर्दो साझेदारको रूपमा आफूलाई स्थापित गरेको छ ।