७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्वास बस्ती आर्थिक समृद्धितर्फ लम्किँदै



अ+ अ-

वीरगञ्ज । सर्लाहीको पुनर्वास बस्ती हिजोआज आर्थिक समृद्धितर्फ लम्किँदै गएको छ । पूर्वी धनुषाको झिँझा गाउँका बासिन्दालाइ तत्कालीन सरकारले २०३५ सालतिर २६० परिवारलाई सर्लाही जिल्लाको नेत्रगञ्जमा बसोबास गराएका थिए ।

मुलुकमा आएको सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनसँगै उनीहरुले पनि अहिले आफ्नो पेशालाई रुपान्तरित गरेका छन् । पुख्र्यौली पेशा त्यागेर विभिन्न व्यवसाय गर्न थालेपछि अहिले उनीहरुको जीवनमा सकारात्मक आर्थिक परिवर्तन हुन थालेको छ ।

“त्रेतायुगमा कुख्यात डाका रहेको रत्नाकर चेतनाका कारण वाल्मिकी (साधु) हुनसक्छ भने अहिले कलियुगमा हामी किन साधु हुन सक्दैनौं”, लालबन्दी नगरपालिका–२ पुनर्वास बस्तीका दानालाल पासवानले भने, “देशमा लामो सङ्घर्षपछि आएको सङ्घीयताले हाम्रो गाउँमासमेत आर्थिक परिवर्तन हुन थालेपछि हामीले पुख्र्यौली पेशालाई त्यागेका छौं ।”

पुनर्वास बस्तीका देवानन्द पासवानले भने, “निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यसँगै देशमा आएको सङ्घीय लोकतान्त्रिक राजनीतिक व्यवस्थाका कारण अहिले यो बस्तीमा बिजुली, सडक, सिँचाइ विद्यालयको पहुँच पुगेको छ । आधारभूत आवश्यकता परिपूर्तिसँगै यो बस्ती अहिले समृद्धिको यात्रातर्फ लम्किँदै गएको छ ।” 

धनुषा जिल्लाको झिँझा गाउँबाट लालबन्दीको नेत्रगञ्जमा तत्कालीन सरकारले शुरुमा २६० घरपरिवारलाई बसोबास गराए पनि हाल सो गाउँमा ५०० घरपरिवार छ भने करिब तीन हजार ५००  जनसङ्ख्या रहेको छ । लालबन्दी नगरपालिका–२ मा पर्ने सो बस्तीमा ७० प्रतिशत दलितको बाहुल्यता रहेको छ । एबिसिडी गरी चारवटा ब्लक रहेको सो पुनर्वास बस्तीलाई अहिले पासवान बस्ती समेत भनेर सम्बोधन गर्ने गरिन्छ । दलित बस्ती भएपनि समृद्धिको यात्रातर्फ लम्किँदै जानुको प्रमुख कारण लालबन्दी नगरपालिकाले त्यहाँको कृषि क्षेत्रमा गरेको अत्याधिक लगानी नै हो ।

“युवाहरु वैदेशिक रोजगारमा तेस्रो मुलुक जानु र महिला तथा वृद्धवृद्धाहरु तरकारी खेतीगरी मनग्य आर्थिक लाभ लिन थालेपछि यो गाउँको अहिले मुहार फेरिएको छ”, वडा नं १ का वडाध्यक्ष पञ्चालाल स्याङयोले भने, “लालबन्दी बजारको आर्थिक समृद्धिमा यहाँका किसानले उत्पादन गर्ने कृषि उपज, दूध व्यवसायले ठूलो सहयोग गरेको छ ।”

पुनर्वास गाउँमा प्राथमिक र माध्यमिक विद्यालय रहेका छन् । उनीहरुको छोराछोरी यसै विद्यालयमा अध्ययन गरी शिक्षा हासिल गर्दै आएका छन् । छोटो समयमा पुख्र्यौली पेशा त्यागेर धनुषाको झिँझाबाट यहाँ आएका मानिस कडा परिश्रम र मेहेनत गरेर यहाँ सुन फलाउन थालेपछि लालबन्दीवासी खुशी भएका छन् ।