६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा जीप दुर्घटना, दुई मजदुरको मृत्यु



अ+ अ-

सुर्खेत । जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जना मजदुरको मृत्यु भएको । मृत्यु हुनेमा मध्यपहाडी लोकमार्गमा कार्यरत कैलाली घर भएर हाल भेरी नगरपालिका–७ बस्ने अन्दाजी २४ वर्षीय मनोज केसी र सोही आयोजनामै काम गर्ने जुम्ला घर भएका २२ वर्षीय मिथुन हमाल रहेको जाजरकोट प्रहरीले जनाएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँ नजिकै गएराति जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । कार्कीगाउँबाट जतिपुरतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ४७११ नम्बरको जीप सडकबाट ७ सय मिटर तल खसेको हो ।

दुर्घटनामा लोकमार्गकै मजदुर २२ वर्षका कमल चौधरी घाइते भएका छन् । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।