२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको चीन भ्रमणमा यी–यी विषयमा हुँदैछन् सम्झौता



अ+ अ-

काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट चीन भ्रमणमा हुनुहुन्छ । बेइजिङको चिसोमा चिनियाँहरुको न्यायो आतिथ्थता पाउनु भएको ओलीको आज महत्वपूर्ण राजनीतिक भेटघाट र केही सहमतिका हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

ओलीलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभएको छ । आज ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । त्यस्तै उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यो भ्रमणको क्रममा अरु कुनै विषयबस्तु भन्दा पनि बिआरआई परियोजना सबैभन्दा बढी चर्चाको शिखरमा रहेको छ । यो भ्रमणका क्रममा बिआरआई के हुन्छ ? यसमा सरकारले हस्ताक्षर गर्छ कि गर्दैन भन्ने विषय नै अहिले चर्चामा रहेको छ ।

तर कम्तीमा पनि सत्तारुढ दलहरुमा भने यो बहुचर्चित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अघि बढाउन सहमति जुटेको छ । नेपाली कांग्रेस र एमालेबीच सहमति भएपछि भने यसले नेपालको कूटनीतिक बृत्तका साथै देशको परराष्ट्र नीतिमा नयाँ र सकारात्मक सन्देश दिएको छ ।

योसँगै नेपाल र चीनबीच झण्डै एक दर्जन बिषयमा संम्झैता गर्ने तयारी रहेका छ । जसमा संखुवाशभाको किमाथाङ्कामा बन्दरगाह निर्माण, अध्यायगमन कार्यालयको स्थापना, एक जलबिद्युत आयोजना ट्रान्समिसन निर्माण गर्ने रहेको छ ।

यसैगरी केरुङ रसुवा गढी २०० केभी प्रशारण लाइनलाई ४०० केभीमा स्तर उन्नती गर्ने, विद्युतीय तार भूमिगतअन्तरगत युटिलिटी कोरिडोर निर्माण गर्ने, झापामा रंगशाला, डडेलधुरामा सिटीहल, मासु प्रशोधन केन्द्र निर्माण र निर्यात, मदन भण्डारी युनिभर्सिटी साईन्स एण्ड टेक्नोलोजीलाई सहयोग, काठमाडौं केरुङ रेलमार्ग को सन् २०२६ सम्म सभ्माव्यता अध्यायन सम्पन्न गर्ने, टोखा छहरे सुरुङ निर्माण अघि बढाउने, अरनिको राजमार्गको स्तरउन्नति, चक्रपथ सडक बिस्तारअन्तरगत रोकिएको आयोजना अघि बढाउने, चीनसँग नाका जोडिएका नाका पक्की पुल निर्माण गर्ने लगायतका रहेका छन् ।

योसँगै सञ्चार सञ्जाल विस्तार, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकासलगायत क्षेत्रमा सहयोग र सहकार्यका विषयमा चिनियाँ पक्षसँग छलफल हुने तयारी छ ।