३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मुन्दुम ट्रेल भ्रमण वर्षमा रेडपाण्डा र थार महोत्सव

मुन्दुम ट्रेल भ्रमण वर्षमा रेडपाण्डा र थार महोत्सव
अ+ अ-

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष– २०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने भएको छ । मुन्दुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने पर्यटकमार्फत नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जङ्गलमा पाइने लोपोन्मुख जनावर रेडपाण्डा र थारको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवका लागि मुन्दुम ट्रेलसँग जोडिएका वडाका वडाध्यक्ष, सामुदायिक वन महासङ्घ सम्मिलित कार्यदलले विस्तृत अध्ययन गरी योजना बनाउने र त्यसका आधारमा महोत्सवको समय निर्धारण गरिने नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५लाई प्रभावकारी र सफल बनाउन स्थानीय तहहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । भ्रमण वर्षमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर हामीले रेडपाण्डा र थार महोत्सव आयोजना गर्ने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो । महोत्सव सफल बनाउन वडा नं १० पाथेकाका वडाध्यक्ष मुगाधन राईको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । पन्ध्रवटै वडाका वडाध्यक्ष सम्मिलित तयारी समितिले महोत्सवका लागि विस्तृत अध्ययन गरेर योजना बनाउने छ ।

आगामी पुस १७ गतेदेखि औपचारिक रूपमा सुुरु हुने ‘मुन्दुम ट्रेल भ्रमण वर्षका अवसरमा केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठस्टे (गोठबास) महोत्सव तथा साकेला गाउँपालिकामा उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने तयारी छ । यस्तै, भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गुराँस, घोडचढी तथा फिल्म सुटिङ महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन, माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नछोङ (धामी) महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सवलगायत कार्यक्रम गर्ने तयारी छ ।

पहिलोपटक आयोजना गरिएको मुन्दुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि त्यस आसपासका स्थानीयवासीले धमाधम होमस्टे ९घरबास० तथा पाहुनाघर निर्माण गरिरहेका छन् । मुन्दुम ट्रेल भ्रमण वर्षको अवधिमा करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य छ । भ्रमण सफल बनाउन ‘मुन्दुम ट्रेल’सँग जोडिएका विभिन्न स्थानीय तहलाई आ–आफ्नो क्षेत्रमा विभिन्न महोत्सव र पर्यटकीय क्रियाकलाप गर्न अनुरोध गरिएको आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताउनुभयो ।

“मुन्दुम ट्रेल पर्यटकका लागि भर्जिन गन्तव्य भएकाले कम्तीमा पनि एक लाख पर्यटक भित्र्याउने लक्ष्य छ”, उहाँले भन्नुभयो । सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ करिब एक सय सात किलोमिटर लामो छ । प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानी भइरहेको छ ।

विसं २०७५ पुस २१ गते औपचारिक रूपमा घोषणा गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायत आधारभूत भौतिक पूर्वाधारको काम भएको छ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’मा उक्त स्थानीय तहको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीडेन सरकारको ३५ प्रतिशत गरी रु ९१ लाख ४५ हजारमा दुई सय ५२ मा स्तरोन्नतिको काम गरिएको छ ।

प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवम् अनुसन्धान गर्न आउने पर्यटकका लागि ‘मुन्दुम ट्रेल’ रोजाइमा पर्ने गरेको छ । पूर्वीपहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभा सीमामा पर्ने मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । खोटाङ र भोजपुरको सीमामा यो पदमार्ग तीन हजार एक सय ६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार सात सय ५० मिटरको साल्पापोखरी तथा चार हजार एक सय ६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडैपहाडको चुचुरामा निर्माण सुरु गरिएको मुन्दुम ट्रेल पदमार्ग पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि १० दिनको समय लाग्ने गरेको छ ।

हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुस पनि नहुने पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष राईले बताउनुभयो । पदमार्गमा अधिकांश किरात समुदायका बस्ती रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो । ठुल्ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो । मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर मौरी र विभिन्न जङ्गली जनावरसँग पनि लुकामारी खेल्न पाइन्छ । मानवबस्ती कम रहेको ‘मुन्दुम ट्रेल’ पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै उनीहरूका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् । रासस