५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

विमानस्थलमा बिआरआईको यो संयोग !

विमानस्थलमा बिआरआईको यो संयोग !
अ+ अ-

काठमाडौं ।  यतिखेर मुलुकमा चिनियाँ विशाल परियोजना बिआरआइको व्यापक चर्चा छ । त्यसभित्र के छ भन्ने त सायद थाहा छैन होला तर पनि अधिकांश नेपालीले चर्चा गर्ने विषय नेपालले बिआरआइमा सही गर्छ कि गर्दैन चाहिँ भन्ने भन्ने गर्दछन् ।

सबैभन्दा बढी मिडिया त्यसपछि राजनीतिक पार्टीहरुका बैठक र अहिले त चिया पसलमै पनि यसको चर्चा भइरहेको छ । अहिले यो बिआरआइ भन्ने यति चर्चामा आयो कि सबै नेपालीले यो के हो भनेर निकै सोधखोज गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आगामी सोमबार चीनको चार दिने भ्रमणका लागि जाँदैछन् । आगामी सोमबारबाट सुरु हुने उनको भ्रमणको तयारी यतिखेर सरकारले जोडतोडका साथ गरिरहेको छ । त्यसैले उनको भ्रमणमा हुने या नहुने भनिएको बिआरआइको चर्चा नहुने कुरै भएन ।

यतिखेर यी अक्षरहरु कोरिरहँदा पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उनका साथमा सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत छलफलमै व्यस्त छन् ।

यही भ्रमणकै तयारीका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीन पुगेर आज स्वदेश फर्किएकी छिन् । उनले यसै विषयमा हिजो चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता पनि गरेकि छिन् ।

मन्त्री डा देउवा आज स्वदेश फर्किएकै अवस्थामा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा संयोग जुर्न पुग्यो । नेकपा एकीकृतका वरिष्ठ नेता झलनाथ खनाल चीन जाँदै थिए भने सोही जहाजमा थिए चिनियाँ राजदूत छन् सोङ । तर यहाँ चिनियाँ राजदूतको नाम मात्र उल्लेख गरिएको हो, यो संयोगमा जोड्न खोजिएको होइन ।

तर संयोग यस्तो बन्यो कि परराष्ट्र मन्त्री डा देउवाको प्रेस मिटका लागि विमानस्थलको प्रेस कक्षमा पुगेका पत्रकारहरुसँग नेता खनाल ठोक्किन पुगे । टन्नै टेलिभिजनका क्यामेरा र रिपोर्टर देखेपछि उनले विमानस्थलका सुरक्षाकर्मीलाई सोधे– आज यहाँ को आउँदैछ कि जाँदैछ ? परराष्ट्रमन्त्री चीनबाट आउँदै हुनुहुन्छ भनेपछि ए भन्दै मुन्टो हल्लाए । तर पत्रकारले इसारा गरेपछि उनी प्रेस कक्षमा पुगे र बसे । त्यसपछि प्रश्न आइहाल्यो– बिआरआइ के हुन्छ ?

नेता खनाल यसअघि पनि बिआरआईको कार्यान्वयन सम्झौतामा जस्ताको त्यस्तै हस्ताक्षर गर्नुपर्छ भन्ने पक्षमै थिए । त्यही अभिव्यक्ति यहाँ पनि दिए । आज पनि उनले भने– हामीले बिना शर्त बिआरआइमा हस्ताक्षर गर्नुपर्छ, त्यसो नगर्नु भनेको राष्ट्रघात सरह नै हो ।

त्यसको केही मिनेटमै आइन् परराष्ट्र मन्त्री डा देउवा । सोही कक्षको उही कुर्सीमा एकाध मिनेटमै मन्त्रीको अभिव्यक्ति आयो– हामीले ऋणमा कुनै पनि आयोजना लिन सक्दैनौँ भनेर चीन सरकारलाई नै भनेका छौँ । त्यसैले हामीले बिआरआईको कार्यान्वयन सम्झौतामा जस्ताको त्यस्तै हस्ताक्षर गर्न सक्दैनौँ, अनुदानमा लिने विषयमा सहमतिमा आएका छौँ ।