२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलमा बिआरआईको यो संयोग !



अ+ अ-

काठमाडौं ।  यतिखेर मुलुकमा चिनियाँ विशाल परियोजना बिआरआइको व्यापक चर्चा छ । त्यसभित्र के छ भन्ने त सायद थाहा छैन होला तर पनि अधिकांश नेपालीले चर्चा गर्ने विषय नेपालले बिआरआइमा सही गर्छ कि गर्दैन चाहिँ भन्ने भन्ने गर्दछन् ।

सबैभन्दा बढी मिडिया त्यसपछि राजनीतिक पार्टीहरुका बैठक र अहिले त चिया पसलमै पनि यसको चर्चा भइरहेको छ । अहिले यो बिआरआइ भन्ने यति चर्चामा आयो कि सबै नेपालीले यो के हो भनेर निकै सोधखोज गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आगामी सोमबार चीनको चार दिने भ्रमणका लागि जाँदैछन् । आगामी सोमबारबाट सुरु हुने उनको भ्रमणको तयारी यतिखेर सरकारले जोडतोडका साथ गरिरहेको छ । त्यसैले उनको भ्रमणमा हुने या नहुने भनिएको बिआरआइको चर्चा नहुने कुरै भएन ।

यतिखेर यी अक्षरहरु कोरिरहँदा पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उनका साथमा सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत छलफलमै व्यस्त छन् ।

यही भ्रमणकै तयारीका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीन पुगेर आज स्वदेश फर्किएकी छिन् । उनले यसै विषयमा हिजो चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता पनि गरेकि छिन् ।

मन्त्री डा देउवा आज स्वदेश फर्किएकै अवस्थामा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा संयोग जुर्न पुग्यो । नेकपा एकीकृतका वरिष्ठ नेता झलनाथ खनाल चीन जाँदै थिए भने सोही जहाजमा थिए चिनियाँ राजदूत छन् सोङ । तर यहाँ चिनियाँ राजदूतको नाम मात्र उल्लेख गरिएको हो, यो संयोगमा जोड्न खोजिएको होइन ।

तर संयोग यस्तो बन्यो कि परराष्ट्र मन्त्री डा देउवाको प्रेस मिटका लागि विमानस्थलको प्रेस कक्षमा पुगेका पत्रकारहरुसँग नेता खनाल ठोक्किन पुगे । टन्नै टेलिभिजनका क्यामेरा र रिपोर्टर देखेपछि उनले विमानस्थलका सुरक्षाकर्मीलाई सोधे– आज यहाँ को आउँदैछ कि जाँदैछ ? परराष्ट्रमन्त्री चीनबाट आउँदै हुनुहुन्छ भनेपछि ए भन्दै मुन्टो हल्लाए । तर पत्रकारले इसारा गरेपछि उनी प्रेस कक्षमा पुगे र बसे । त्यसपछि प्रश्न आइहाल्यो– बिआरआइ के हुन्छ ?

नेता खनाल यसअघि पनि बिआरआईको कार्यान्वयन सम्झौतामा जस्ताको त्यस्तै हस्ताक्षर गर्नुपर्छ भन्ने पक्षमै थिए । त्यही अभिव्यक्ति यहाँ पनि दिए । आज पनि उनले भने– हामीले बिना शर्त बिआरआइमा हस्ताक्षर गर्नुपर्छ, त्यसो नगर्नु भनेको राष्ट्रघात सरह नै हो ।

त्यसको केही मिनेटमै आइन् परराष्ट्र मन्त्री डा देउवा । सोही कक्षको उही कुर्सीमा एकाध मिनेटमै मन्त्रीको अभिव्यक्ति आयो– हामीले ऋणमा कुनै पनि आयोजना लिन सक्दैनौँ भनेर चीन सरकारलाई नै भनेका छौँ । त्यसैले हामीले बिआरआईको कार्यान्वयन सम्झौतामा जस्ताको त्यस्तै हस्ताक्षर गर्न सक्दैनौँ, अनुदानमा लिने विषयमा सहमतिमा आएका छौँ ।