११ मंसिर २०८१, मंगलवार
,
Latest
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान–श्रीमति र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने को हुन् अल्लाह गजानफर ? जसलाई मुम्बईले ४.८० करोड रुपैयाँमा किन्यो छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गरौँः स्वास्थ्यमन्त्री करोडपति बनेपछि विवादमा वैभव सूर्यवंशी, उमेरमा उठ्यो प्रश्न सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या: राष्ट्रसङघ धान झाँट्दै बाबुराम- फोटो फिचर विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द रवि लामिछानेलाई आज बेलुकी काठमाडौं ल्याइने आईपीएल मेगा अक्सनमा १८२ खेलाडी बिके, ऋषभ पन्त इतिहासकै महँगा खेलाडी सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात वर्षमा सामाजिक सुरक्षा कोषमा १७ लाख ९७ हजार ६४० आबद्ध



अ+ अ-

काठमाडौं । सातौँ सामाजिक सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०७५ सालदेखि हरेक वर्ष मंसिर ११ गते यो दिवस मनाइँदै आएको छ ।
२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजनालाई विस्तार गर्दै सरकारले औपचारिक रूपमै सामाजिक सुरक्षा दिवस मनाउन थालेको हो ।

दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन कोषले जनाएको छ ।

कोषमा अहिलेसम्म १९ हजार ७६९ रोजगारदाता र १७ लाख ९७ हजार ६४० योगदानकर्ता आबद्ध भएका छन् । जसमा औपचारिकतर्फ ५ लाख ४३ हजार ४९१ र वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६१५ जना छन् । यस्तै, स्वरोजगारमा २२७ जना र अनौपचारिकतर्फ ३०७ जना आबद्ध रहेको कोषको तथ्यांक छ ।

२०७५ साल मङ्सिर ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोषको औपचारिक घोषणा गरेका थिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताएका छन् ।

हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर आफूले योगदानमा आधारित सामाजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाको सुरुवात गरेको उनले उल्लेख गरेका छन् ।

’सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ । अब कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दु:खको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइन भन्ने स्थिति हुने छैन । मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यसका निम्ति राज्य छ र सरकार छ ’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

शुभकामना सन्देश भनिएको छ– ’सरकारले कसैलाई पनि एक्लो र असहाय हुन दिँदैन । यस दिनको अवसरमा कसैलाई पनि एक्लो महसुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु ।’

SSF (2)