५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

सात वर्षमा सामाजिक सुरक्षा कोषमा १७ लाख ९७ हजार ६४० आबद्ध

सरकारले कसैलाई एक्लो र असहाय हुन नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

सात वर्षमा सामाजिक सुरक्षा कोषमा १७ लाख ९७ हजार ६४० आबद्ध
अ+ अ-

काठमाडौं । सातौँ सामाजिक सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०७५ सालदेखि हरेक वर्ष मंसिर ११ गते यो दिवस मनाइँदै आएको छ ।
२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजनालाई विस्तार गर्दै सरकारले औपचारिक रूपमै सामाजिक सुरक्षा दिवस मनाउन थालेको हो ।

दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन कोषले जनाएको छ ।

कोषमा अहिलेसम्म १९ हजार ७६९ रोजगारदाता र १७ लाख ९७ हजार ६४० योगदानकर्ता आबद्ध भएका छन् । जसमा औपचारिकतर्फ ५ लाख ४३ हजार ४९१ र वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६१५ जना छन् । यस्तै, स्वरोजगारमा २२७ जना र अनौपचारिकतर्फ ३०७ जना आबद्ध रहेको कोषको तथ्यांक छ ।

२०७५ साल मङ्सिर ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोषको औपचारिक घोषणा गरेका थिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताएका छन् ।

हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर आफूले योगदानमा आधारित सामाजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाको सुरुवात गरेको उनले उल्लेख गरेका छन् ।

’सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ । अब कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दु:खको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइन भन्ने स्थिति हुने छैन । मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यसका निम्ति राज्य छ र सरकार छ ’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

शुभकामना सन्देश भनिएको छ– ’सरकारले कसैलाई पनि एक्लो र असहाय हुन दिँदैन । यस दिनको अवसरमा कसैलाई पनि एक्लो महसुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु ।’

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/11/SSF-2.pdf” title=”SSF (2)”]