१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो

छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गरौँः स्वास्थ्यमन्त्री

छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गरौँः स्वास्थ्यमन्त्री
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

सातौं समामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समयमा कानून नै बनाएर एकीकृत गर्नसके झनै राम्रो हुने बताउनु भयो । उहाँले लक्षित वर्ग स्पष्टसँग छुट्याउनसके मात्रै लक्षित वर्गलाई थप सुविधा दिन सकिने स्पष्ट पार्नुभयो ।

उहाँले नागरिकलाई दिने सेवा छिचोलेर नभइ एकीकृत गरेर प्रभावकारी ढंगबाट धेरै सुविधा दिनेतर्फ ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षामा जस्तै स्वास्थ्य क्षेत्रमा छरिएर रहेका कयौँ कार्यक्रमलाई कानून संशोधन गरी एकीकृत गरेर स्वास्थ्य बीमा बोर्ड अन्तर्गत चलाउन आवश्यक रहेको बताउनु भयो । सामाजिक सुरक्षा कोषबाट आफ्ना सदस्यका लागि सञ्चालित स्वास्थ्य सहयोग कार्यक्रममार्फतको सेवा स्वास्थ्य बीमा बोर्डबाट प्रदान गर्ने कार्यको थालनी गर्न आवश्यक रहेको स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘लक्षित वर्ग स्पष्टसँग छुट्याऔँ । त्यसो गर्नसकेमा अहिले नै हामीले लक्षित वर्गलाई थप सुविधा दिनसक्छौँ । हामीले नागरिकलाई दिने सेवा छिचोलेर होइन, एकीकृत गरेर प्रभावकारी ढंगबाट धेरै सुविधा दिनेतर्फ ध्यान दिन आवश्यक हुन्छ । सामाजिक सुरक्षामा जस्तै स्वास्थ्य क्षेत्रमा छरिएर रहेका कयौँ कार्यक्रमलाई कानून संशोधन गरी एकीकृत गरेर स्वास्थ्य बीमा बोर्ड अन्तर्गत चलाउन आवश्यक देखिन्छ । संसारभर सामाजिक सुरक्षा र स्वास्थ्यबीमालाई अलग कार्यक्रमको रुपमा सञ्चालन गरिएको छ । सामाजिक सुरक्षा कोषबाट आफ्ना सदस्यका लागि सञ्चालित स्वास्थ्य सहयोग कार्यक्रममार्फतको सेवा स्वास्थ्य बीमा बोर्डबाट प्रदान गर्ने कार्यको थालनी गर्न आवश्यक छ । पहिलो चरणमा सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गरौँ । केही समयमा कानून नै बनाएर एकीकृत गरौँ । यसो गर्नसकेमा हामीलाई श्रोतको अपर्याप्तता जुन छ, त्यो अन्त्य हुने स्थिति आउँछ । नागरिकले जस्तोसुकै गम्भीर रोग लाग्दा पनि पैसाको अभावमा उपचार नपाउने अहिलेको स्थिति अन्त्य हुनसक्छ । सामाजिक सुरक्षा र स्वास्थ्य बीमा दुवैतर्फ छरिएर रहेका कार्यक्रमलाई एकीकृत गरेर जाऔँ । हामीले नागरिकलाई चाहे बमोजिमको सुविधा यस्तो गरेमात्रै दिन सकिन्छ ।’

मन्त्री पौडेलले नागरिकले जस्तोसुकै गम्भीर रोग लाग्दा पनि पैसाको अभावमा उपचार नपाउने अहिलेको स्थितिको अन्त्य गर्नुपर्ने बताउनु भयो ।