३० असार २०८३, मंगलवार
,
Latest
बैङ्ककको बारमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण हेटौँडाबाट-काठमाडौँ जाने दुई सडकमार्गमा सवारीसाधन आवागमनमा रोक एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ बीउविजन नियमावली संशोधन बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ
तपाईं के खोज्दै हुनुहुन्छ ?

करोडपति बनेपछि विवादमा वैभव सूर्यवंशी, उमेरमा उठ्यो प्रश्न



अ+ अ-

एजेन्सी । त्यतिबेला वैभव सूर्यवंशी १० वर्षका थिए, बुबा सञ्जीवले जतिबेला छोरालाई क्रिकेटर बनाउने निर्णय गरे । यही सपना पूरा गर्न उनले आफ्नो जग्गा बेचे तर तीन वर्षभित्रै छोराले आफ्नो सपना पूरा गर्नेछ भन्ने उनलाई लागेको थिएन ।

आईपीएलको अक्सनमा १३ वर्षीय वैभवलाई राजस्थान रोयल्सले १ करोड १० लाखमा अनुबन्ध गरेको छ । वैभव आईपीएलको इतिहासमा कुनै पनि टोलीमा सामेल हुने सबैभन्दा कान्छो क्रिकेटर बनेका छन् । तर, यी युवा क्रिकेटर करोडपति बनेसँगै विवाद सुरु भयो ।

उनको उमेरलाई लिएर प्रश्न उठिरहेको छ । यद्यपी वैभवका बुवाले आलोचकहरुलाई उचित जवाफ दिदै आफू कसैसँग नडराउने र जे सुचना दिइएको छ त्यो सहि रहेको बताएका छन् ।

समस्तीपुरबाट १५ किलोमिटर टाढा मोतीपुर गाउँमा खेतीयोग्य जग्गा बेच्ने सञ्जीवको छोरा राजस्थानले लगेपछि बोल्ने शब्द छैन । वैभव अब आफ्नो छोरा नभई सिंगो बिहारको छोरा भएको उनको भनाइ छ ।

सञ्जीवका अनुसार छोराले आठ वर्षको उमेरमा कडा परिश्रम गरेर जिल्लाको अन्डर–१६ ट्रायलमा सफलता हासिल गरेको हो । छोरालाई कोचिङका लागि समस्तीपुर लगेर फर्किनु पर्यो । यसपछि उनले आफ्नो जग्गा बेचे ।

आईपीएलको लिलामीमा उनको आधार मूल्य ३० लाख रुपैयाँ थियो र उनी आफ्नो आधार मूल्यभन्दा झण्डै चार गुणा बढीमा बिक्री भए । उनी आईपीएलको लिलामी इतिहासमा बेचिने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

बिहारका वैभवले १३ वर्ष २४२ दिनको उमेरमा आईपीएलको लिलामीमा छनोट हुने सबैभन्दा कान्छो खेलाडीको रूपमा इतिहास रचे । वैभवले घरेलु क्रिकेटमा निकै हलचल मच्चाएका छन् । यी बायाँ हाते ब्याट्सम्यानले सानै उमेरमा आफ्नो ब्याटले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

जनवरी २०२४ मा बिहारको लागि आफ्नो प्रथम श्रेणी डेब्यू गरेपछि, सेप्टेम्बरमा भारत यू–१९ बाट अष्ट्रेलिया यू–१९ युवा टेस्ट शृंखलामा सूर्यवंशीले उत्कृष्ट शतक बनाएर सबैको ध्यान खिचे । सूर्यवंशी आगामी अन्डर–१९ एसिया कपमा भारतको प्रतिनिधित्व गर्ने तयारीमा छन् ।