२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय चार्जिङ स्टेसनको विद्युत् महसुल लागू



अ+ अ-

काठमाडौँ । विद्युतीय बस चार्जिङ स्टेसनको विद्युत् महसुल र सवारी चार्ज गरेबापतको महसुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले असोजदेखि नै लागू हुनेगरी विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई महसुलबारे पत्राचार गरेको छ । विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि तोकेको शुल्कलाई प्राधिकरणले कार्यान्वयन गरेको हो । निर्धारण गरिएको महसुलअनुसार विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट चार रुपियाँ ६० पैसा तिर्नुपर्ने छ । स्टेसनले यसअघि प्रतियुनिट १० रुपियाँ तिर्दै आएका थिए । चार्जिङ स्टेसनले विद्युतीय सवारी चार्ज गर्दा प्रतियुनिट चार रुपियाँ ६० पैसाको थप २० प्रतिशत शुल्क लिएर सवारी चार्ज सुविधा दिन पाउने भएका छन् । सरकारले विद्युतीय चार्जिङ स्टेसनको विद्युत् तथा चार्ज शुल्क निर्धारण नगर्दा चार्जिङ स्टेसन समस्यामा परेका थिए ।

उपत्यकामा चारवटा सार्वजनिक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले आफ्नो चार्जिङ स्टेसन भए पनि महँगो शुल्क तिर्न परेकामा अब भने निकै सजिलो भएको अध्यक्ष भेषबहादुर थापाले बताए । उनले भने, “शुल्क निर्धारण भएर नेपाल विद्युत् प्राधिकरणले लागू गरेको छ । हामी निकै खुसी छौँ, अब सजिलो भएको छ । यो हाम्रा लागि धेरै राम्रो सुविधा हो । ” निर्धारित शुल्कअनुसार अब ठूला बस पूर्ण चार्ज गर्दा पाँच सयदेखि ५५० रुपियाँ पर्नेछ । पहिला १२ सय रुपियाँसम्म तिनुपथ्र्यो । अध्यक्ष थापाका अनुसार एकपटक पूर्ण चार्ज भएका बस कम्तीमा २५० किलोमिटर गुड्छन् । काठमाडौँ उपत्यकामा गुड्ने बस एकपटक पूर्ण चार्ज गरेपछि दुई दिनसम्म सञ्चालन हुन्छन् । निजी विद्युतीय कार पनि घरमा चार्ज गर्नुभन्दा चार्जिङ स्टेसनमै गर्दा सस्तो पर्ने सुन्दर यातायातले जनाएको छ ।

घरमा चार्ज गर्दा प्रतियुनिट आठदेखि १० रुपियाँसम्म विद्युत् शुल्क तिनुपर्ने हुन्छ तर स्टेसनमा गर्यो भने प्रतियुनिट छ रुपियाँ पर्न जान्छ । सुन्दर यातायातले अब देशका विभिन्न स्थानमा चार्जिङ निर्माण गर्ने भएको छ । कुरिनटार, काठमाडौँ, धुलिखेल, विराटनगर, चितवन, नवलपरासीलगायतका स्थानमा चार्जिङ स्टेसन बनाउने भएको छ । थापा भन्छन्, “चार्जिङ स्टेसन निर्माण भएपछि सार्वजनिक विद्युतीय सवारी चहलपहल बढ्छ । सरकारले पनि विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिरहेको छ । सरकार आफैँले सञ्चालन गर्दै छ, बिस्तारै विद्युतीय सवारीको वृद्धि हुँदै जान्छ । ” गोरखापत्र दैनिक