२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने

दलित समुदायमाथि हिंसात्मक घटनाः १३ जनाको हत्या, ४ बलात्कारका घटना

दलित समुदायमाथि हिंसात्मक घटनाः १३ जनाको हत्या, ४ बलात्कारका घटना
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित समुदायको मानवअधिकारको अवस्था प्रतिवेदनमा हिंसात्मक घटना भएको उल्लेख छ । प्रतिवेदनअनुसार बन्दाबन्दी ९लकडाउन०को समयमा १३ वटा हत्याको घटना भएको उल्लेख छ । त्यस्तै, दलित युवतीमाथि चारवटा बलात्कारका घटना भएका छन् । आयोगको प्रतिवेदनअनुसार रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्ल र जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विश्वकर्माबीचको अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सन्दर्भलाई लिएर १० जेठ २०७७ मा स्थानीय गाउँलेको सामूहिक कुटपिटमा परेर नवराज विक, टीकाराम विक, लोकेन्द्र सुनार, गणेश बुढा मगर, सञ्जु विक र गोविन्द शाहीको सामूहिक हत्या भएको थियो ।

त्यस्तै, ११ जेठ २०७७ मा रूपन्देही देवदह नगरपालिका–११ गुम्बीकी अंगिरा पासीको स्थानीय रोहिणी खोलाको किनारा नजिकको रुखमा झुन्डिएको अवस्थामा लास भेटिएको थियो । स्थानीय युवा वीरेन्द्र भरसँग प्रेम सम्बन्ध रहेकाले वडा अध्यक्षको उपस्थितिमा केटीको जिम्मा लगाइएको उल्लेख छ । अंगिराका बुबाले आफ्नी छोरीको हत्या भएको भन्दै उजुरी दिए पनि दर्ता नभएको प्रतिवेदनमा लेखिएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेडाँडा भानाकोटकी १८ वर्षीया उर्मिला टमटालाई सोही गाउँका तिलक बटालाले विवाह गर्ने प्रलोभनमा यौन शोषण गरेर हत्या गरे । तर, सो घटनामा बटालालाई कारबाही भएको छैन । प्रदेश २ धनुषाको सबैला नगरपालिका–१२ बस्ने २२ वर्षीय शम्भु सदाको इलाका प्रहरी कार्यालयमा झुन्ड्याएर निर्ममतापूर्वक हत्या भएको आयोगको प्रतिवेदनमा जनाइएको छ ।

२६ जेठमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० का माधव मसुहर, जानकी मुसहर, पोषराज मुसहरलगायतको सामूहिक हत्या भयो । त्यस्तै, १४ जेठमा भारतको चेन्नईबाट फर्केका १६ वर्षीय राजु सदा क्वारेन्टिनमा झाडापखालाबाट ग्रस्त भएसँगै जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भयो । ३१ असारमा सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा आफूले मोहीस्वरूप पाएको जग्गा जोत्दा हत्या गरेर लास फालिएको अवस्थामा भेटियो । २७ असारमा सिरहाको लहान नगरपालिका–१ का १८ वर्षीय रोशन रामको अपहरणपछि हत्या भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, २९ असारमा सप्तरीको शम्भुनाथ नगरपालिका–३ का ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको छ ।

बन्दाबन्दीमा चार दलित युवतीमाथि बलात्कार
मोरङको मिक्लाजुङ नगरपालिका–९ मा आफ्नै टहरमा सुतिरहेको अवस्थामा १४ वर्षीया बालिका बलात्कृत भइन् । बलात्कारको आरोपमा धीरेन मगरलाई गाउँलेहरूले पक्राउ गरेर प्रहरीमा बुझाउन खोज्दा धीरेनका आफन्तले आफैले बुझाउने भन्दै भगाएका थिए । त्यस्तै, धनकुटा नगरपालिका–६ आत्मारामाकी १३ वर्षीया दलित बालिका बलात्कारको सिकार भएकी थिइन् । बालिकाको गर्भमा ५ महिनाको गर्भ रहेको थाहा भएपछि स्थानीय जनामदन अधिकारी, गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरले पटक पटक जबर्जस्ती बलात्कार गरेको खुलेको थियो । उनीहरूले कसैलाई भने मार्ने धम्की दिएको र बालिकाका बुबालाई ३÷३ लाख रुपैयाँका दरले पैसा दिएर घटना लुकाउन खोजेको खुलेको थियो ।

२ वैशाखमा कास्कीमा छिमेकी खुसबहादुर गुरुङले १० वर्षीया बालिकालाई मुख थुनेर बलात्कार गर्न खोजेको घटना सार्वजनिक भएको थियो । खुमबहादुरविरुद्ध २६ वैशाखमा बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । त्यस्तै, मोरङको बूढीगंगा गाउँपालिका–७ बडहराकी १५ वर्षीया किशोरी स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुई जनाको समूहले सामूहिक बलात्कारको आरोपमा पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् । तर, बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको छ । राजधानी दैनिक