३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छः अध्यक्ष ढकाल

गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छः अध्यक्ष ढकाल
अ+ अ-

भैरहवा: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रुपमा सञ्चालन गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघद्धारा आज भैरहवामा आयोजित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तरक्र्रियालाई आज सम्बोधन गर्दै अध्यक्ष ढकालले भन्नुभयो– अहिले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएका छन्, यत्तिमै चित्त बुझाएर बस्ने कुरा हुँदैन, सबै लागौँ, भोलिका दिनमा पनि यहीँबाटै उडान गर्नुपर्ने खाँचो र आवश्यकताको बोध राज्यलाई नै गराउँ र यसलाई दिगो बनाउँ ।

अहिले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको मर्मतका कारण यहाँबाट अन्तराष्ट्रिय उडानहरु भइरहेकाले यहाँ आएका मानिसहरुका लागि अब के कुराको आवश्यकता छ, यहाँ आउने स्वदेशी तथा विदेशी यात्रु तथा पर्यटकले के कुराको खाँचो र आवश्यकता महसुुस गर्छन् त्यसको अनुसन्धान गरेर परिपूर्तिका लागि यहाँका व्यवसायीहरु लाग्नुपर्ने खाँचो उहाँले औँल्याउनुभयो ।

अध्यक्ष ढकालले सो विमानस्थलको योजना बनिरहँदादेखि आजसम्म यहाँ अरबौँ अरब रुपैयाँका होटल एवं संरचनाहरु निर्माण भएका भए पनि यहाँबाट उडान हुन नसक्दा धेरै व्यवसायीहरु निकै समस्यामा परिरहेका छन् । त्यसैले यस विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि उद्योग वाणिज्य महासंघ र व्यक्तिगत रुपमा आफू पनि निकै लागेको स्मरण उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो– अहिले यहाँ पर्यटक तथा विदेश जाने र आउने नेपालीहरु भरिभराउ भएको देख्दा खुसी लागेको छ । तर यो खुसीलाई क्षणिक नबनाउन यहाँका स्थानीय व्यवसायीहरुको पनि भूमिका रहन्छ । यहाँहरु पनि लाग्नुपर्छ । भोलि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको सञ्चालन पूर्ण रुपमा हुन थालेपछि पनि हामीले यहाँको खाँचो महसुस गराउन आफैँ लाग्नुपर्छ । जसका कारण यो विमानस्थलको सञ्चालन दिगो बन्न जानेछ ।

अध्यक्ष ढकालले तर पछिल्लो समयमा सकारात्मक भन्दा नकारात्मकताको प्रचार धेरै हुने गरेकोमा भने उहाँले दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– आफूले के गरेँ र के गर्दैछु भन्ने भन्दा पनि अर्काले के गरिरहेको छ भनेर आलोचना गर्ने प्रवृत्ति बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो– यो वा त्यो भनेर बस्नुभन्दा पनि अहिले के गर्नुपर्छ त्यही काम गरौँ र देशमा काम गर्ने वातावरणको सिर्जना गरौँ । यो विमानस्थललाई दिगो बनाउनका लागि यस क्षेत्रको एक लगानीकर्ताका हिसाबले मैले के गर्नुपर्छ त्यसका लागि म पनि तयार छु ।

सो कार्यक्रममा उपस्थित संस्कृति तथा पर्यटनमन्त्री बद्री पौडेललाई अध्यक्ष ढकालले गौतम बुद्ध विमानस्थललाई दिगो रुपमा सञ्चालनको प्रबन्ध गर्न, यहाँ आवश्यक पर्ने कार्यालय तथा संरचनाहरु निर्माण गरिदिन र कर्मचारीहरुको पनि आवश्यक प्रबन्ध गर्न आग्रह गर्नुभयो ।