२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने !



अ+ अ-

एजेन्सी । आईपीएलको अर्को सिजन मार्च १४ बाट सुरु हुनेछ र यसको फाइनल मे २५ मा खेलिनेछ ।

आईपीएलले बिहीबार टोलीहरूलाई पठाएको इमेलमा यो जानकारी दिएको हो । क्रिकइन्फोका अनुसार आईपीएलले आगामी तीन सिजनको ड्राफ्ट तालिका सबै टोलीलाई पठाएको छ, तर यो अन्तिम मिति हुने सम्भावना छ ।

२०२६ सिजन मार्च १५ र मे ३१ बीच खेलाइनेछ, जबकि २०२७ सिजन मार्च १४ र मे ३० बीच खेलाइनेछ।

२०२५ सिजनमा ७४ खेल हुनेछन्, जुन अघिल्लो तीन सिजन जस्तै हो । यद्यपी आईपीएल वा बीसीसीआईको तर्फबाट यसबारे कुनै आधिकारिक बयान आएको छैन ।

आईपीएलले पठाएको इमेलमा विदेशी खेलाडीले आगामी तीन सिजनका लागि आफ्नो उपलब्धि स्वीकार गरेको दाबी गरिएको छ । विदेशी खेलाडीले यो अवधिमा आफ्नो बोर्डबाट खेल्न अनुमति पाएका छन् । यसमा पाकिस्तान समावेश छैन ।

अष्ट्रेलिया क्रिकेट बोर्डले आफ्ना घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटरलाई आईपीएल २०२५ सिजन खेल्न अनुमति दिएको छ । सन् २०२६ को फेब्रुअरी–मार्चमा हुने टी–२० विश्वकपपछि अष्ट्रेलियाले पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

यो शृङ्खला मार्च १८ अघि समाप्त हुनेछ । सन् २०२७ को सिजनमा टेस्ट क्रिकेटको १५० वर्ष पूरा भएको सम्झनामा मार्चमा अस्ट्रेलिया र इङ्ल्यान्डबीच एकमात्र टेस्ट खेलिनेछ । त्यसपछि अष्ट्रेलियाका खेलाडी आईपीएलका लागि उपलब्ध हुनेछन् ।

इङ्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आईपीएलको आगामी तीन सिजनमा उपलब्ध हुने सेन्ट्रल कन्ट्रयाक्टमा समावेश खेलाडीको सूची पनि दिएको छ । तर, यो सूचीमा इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सको नाम भने छैन ।

श्रीलंका क्रिकेटले सन् २०२५ को सिजनका लागि आफ्ना खेलाडी पूर्ण रूपमा उपलब्ध हुने जनाएको छ । यस्तै, बंगलादेश क्रिकेट बोर्डले तीन वर्षको अवधिमा प्रत्येक खेलाडीका लागि फरक उपलब्धतासहित १३ वटा नाम पठाएको छ ।