२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारत १५० रनमा अलआउट



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतीय ब्याट्सम्यानले लज्जास्पद प्रदर्शन गरेका छन् ।

अस्ट्रेलियाको पर्थमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले १५० रन बनाएर अल आउट भएको हो ।

भारतका लागि डेभ्यु खेल खेलिरहेका नितिश कुमार रेड्डीले सर्बाधिक ४१ रन बनाए । यस्तै, ऋषव पन्तले ३७ बनाउँदा केएल राहुलले २६ रन बनाए ।

भारतको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर जोश हजेलवूडले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्क, पाट कमिन्स र मिचेल मार्शले २/२ विकेट लिए ।

यस खेलमा भारतका कप्तान रोहित शर्माको अनुपस्थितिमा जसप्रित बुमराहले कप्तानी गरिरहेका छन् । अब केहि बेरमा अस्ट्रेलियाले आफ्नो पहिलो इनिंग ब्याटिंग गर्दै छ ।