८ श्रावण २०८३, शुक्रबार
,
Latest
चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीकै अगुवाइमा काठमाडौंमा एमालेको शक्ति प्रदर्शन



अ+ अ-

काठमाडौं । सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले आज कठमाडौंमा प्रदर्शन गर्दैछ । जागरणसभाका नाममा एमाले काठमाडौंमा शक्ति प्रदर्शनमा गर्न लागेको हो ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा एमालेले दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागेको हो ।

विधिको शासनमा र कानुनी राज्यको मान्यतामा एमालेले विश्वास गर्छ भन्ने सन्देश दिन जागरण सभा गर्न लागेको एमालेका नेताहरूले दाबी गरेका छन् । जनप्रदर्शनमा एमालेका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसङ्गठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसङ्गठन र सम्पर्क मञ्च परिचालन गरेको छ ।

प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले सरकारको काम कारबाही र कार्यशैलीको आलोचना गर्दै सङ्घर्षका कार्यक्रम चलाइरहेका बेला सत्तारूढ दलमात्रै नभएर सरकारको नेतृत्वकर्ता दल एमाले नै सडकमा शक्ति प्रदर्शनमा उत्रन लागेको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले यसअघि कात्तिक १० गते सरकारलाई खबरदारी गर्न काठमाडौँको भृकुटीमण्डमा खबरदारी सभा गरेको थियो ।

अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक प्रतिशोध साँधेर सहकारी प्रकरणमा आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरी अनावश्यक दु:ख दिएको भन्दै कात्तिक ३ गतेबाटै विरोध प्रदर्शन गर्दै आएको छ ।