काठमाडौं । नेपाली बजार आज सुनको मुल्य बढेको छ । बुधबार तोलामा ८ सय बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९४ हजार ७ सयमा कारोबार भएको सुन बुधबार ९५ हजार ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मुल्य तोलमा ३० रुपैया बढेर प्रतितोला १२४० रहेको महासंघले जनाएको छ ।








