२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वित्तीय संस्थाबाट लिएको ऋण सबैले तिर्नुपर्छः सूर्य थापा



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले कुनै वित्तीय संस्थाबाट लिएको ऋण सबैले तिर्नुपर्ने बताउनुभएको छ ।

बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले काहीँ कतै कसैले पनि ऋण मिनाहा नपाउने स्पष्ट पार्नुभएको छ ।

उहाँले ऋण लिनेहरू विदेशी दलालको भड्काउनमा उफ्रिन सक्ने भन्दै सचेत बनाउनुभएको छ । ‘सहकारी, लघुवित्त, फाइनान्स र बैङ्कबाट ऋण लिनेहरू विदेशी दलालले भड्काएर उफ्रिन सक्छन्, तर संसारभर तिर्नुपर्छ, कहीँ कतै ऋण मिनाहा पाउँदैनन्’, थापाले लेख्नु भएको छ ।

ऋण नतिर्ने जो कोहीलाई पनि कालक्रममा कारबाही हुने उहाँले स्पष्ट पार्नुभएको छ । ‘ऋण तिर्नुपर्दैन भन्ने र पछि लाग्ने दुवैथरी वित्तीय अपराधी हुन्, समय क्रममा कारबाही र ऋण असुली हुन्छ नै’, उहाँले लेख्नु भएको छ ।