२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नभ्याउनेमा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)लाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा तोकिएको पेसी हेर्न नभ्याउने भएको हो ।

यसअघि आइतबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा तोकिएको पेसी पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो ।

विवादास्पद व्यक्तिले दिएको दान लिनु गैरकानुनी हुने भन्दै त्यसलाई रोक्न माग गर्दै कात्तिक ७ गते अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए ।