२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ कार्डबारे एमालेको वक्तव्यप्रति प्रचण्डको टिप्पणी– ‘खुदा पहाड, निक्ला चुहा’



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ कार्डबारे नेकपा एमालेले जारी गरेको वक्तव्यप्रति कडा टिप्पणी गर्नुभएको छ । दाहालले एमालेको वक्तव्यलाई ‘खुदा पहाड, निक्ला चुहा’ भन्दै यसको कुनै अर्थ नरहेको बताउनुभएको हो ।

ग्लोबल न्यूज नेटवर्कमा अन्तरवार्ताका क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीको बारेमा दिएको चिनियाँ कार्डबारे अभिव्यक्तिलाई लिएर एमालेले गरेको वक्तव्यलाई खुदा पहाड, निक्ला चुहाबाहेक एमालेले केही पनि नपाउने टिप्पणी गर्नुभएको हो ।

यो पनि पढ्नुहोस- प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ प्रयोग गर्न खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

उहाँले प्रधानमन्त्री ओलीको प्रवृत्तिको बारेमा आफूले टिप्पणी गरेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले तथाकथित राष्टवादको नाममा भ्रम दिने कोशिस गरेको देखिएको आरोप उहाँले लगाउनुभएको छ ।

चिनियाँ कार्डबारे ग्लोबल न्यूज नेटवर्कमा दिएको दाहालको स्पष्टोक्ति–

केपीजीको प्रवृत्ति जो प्रतिशोधमा देखिएको छ । लोकतन्त्रका विरुद्ध देखिएको छ । उहाँले तथाकथित राष्ट्रवादको नाममा भ्रम दिने कोशिस गरेको देखिन्छ । मलाई योपनि त थाहा छ–उहाँले सकेसम्म बल त भारत भ्रमण गर्न खोजेको भन्ने सूचनाहरु त आईरहेको छ । नमिलेपछि चीन भनेको देखेपछि मैले यो चाहीँ के कार्ड खेल्न खोजेको हो भनेर प्रश्न पो उठाएको हुँ । यत्तिलाई उहाँहरुले अब ठुलै चिज पाईयो, प्रचण्डले धेरै ठूलो मिस्टेक गर्यो भनिकन वक्तव्य दिनुभएको छ । मलाई लाग्छ उहाँहरुले खुदा पहाड, निक्ला चुहाबाहेक केही पाउनुहुने छैन् ।

उहाँहरुले मनोगत रुपमा, किनभने अहिले सरकार अप्ठ्यारोमा पर्दै गएको छ । उहाँहरुले डूबते को तिनके का सहाराको रूपमा प्रयोग गर्न खोजेको हो कि भन्ने मलाई परेको छ । केपीजीको प्रवृत्तिमाथि मेरो प्रश्न हो । मेरो मनमा त्यो प्रश्न कायमै छ । उहाँ (केपीजी) ले न्यूयोर्कमा मोदीसँग बस्दा मोदीलाई निम्तो दिएको कुरा आएको छ । त्यो भनेको उहाँले निम्तो पनि मागेको हो नि। भारत वा चीन पहिले भन्ने प्रश्न होइन ।




भर्खरै