२२ मंसिर २०८२, सोमबार
,
Latest
साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ प्रादेशिक अस्पताल भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने ‘दलित महिला र बालिकामाथि हुने हिंसाको अवस्था चिन्ताजनक छ’ ईश्वर पोखरेलले बुझाए पार्टी कार्यालयमा फरक मतसहितको अवधारणापत्र एनपिएलमा यस्तो छ खेलाडीहरुको प्रदर्शन सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच छलफल शुरु– तस्बिरहरु सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा रवि लामिछानेको बयान सकियो



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रूपन्देहीमा तीन दिनको बयान सकिएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका रुपेन्देही पुर्‍याइएका लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । उनीसँग पहिलो दिन मौखिक प्रश्न र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नमा बयान लिईएको छ । उनले सोधिएका सबै प्रश्नमा आफू कतै पनि सहभागी नभएको बयान दिएका अनुसन्धानमा संलग्न रहेका एक अधिकृतले बतए ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। लामिछानेसहित छविलाल जोशी, जीवी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए । उनीमाथि प्रहरीले सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति सुद्धिकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।